रितुको लच्किएको कम्मर (भिडियो)

गायिका तथा मोडल रितु कोईरालाको ‘लच्चक लच्चक लच्कियो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा प्रियजन राईको शब्द तथा संगीत रहेको छ । भिडियोमा दिपेश एस.के., सफीया चाम्लिङ, सुदिप यसमलि र बिबशा चाम्लिङ सहित सामूहिक नृत्य रहेको छ । भिडियोको छायाँकन जनकराज अधिकारीले गरेका छन् भने प्रियजन राईको निर्देशन रहेको भिडियो सम्पादन मनिष कार्कीले गरेका हुन् ।