किरण केसीको ‘लक्का जवान’मा प्रियंका अनुबन्धित

फिल्म ‘लक्का जवान’मा नायिका प्रियंका कार्की अनुबन्धित भएकी छन् । उनले बुधबार निर्देशक शिवहरी पौडेल र निर्माता किरण केसीसँग लिखित सम्झौता गरेकी हुन् ।

फिल्ममा प्रियंकासँगै दिलिप रायमाझी, शिवहरी पौडेल, जयन्द लामा,  राजाराम पौडेल, किरण केसी फाइनल भइसकेका छन् । भने अन्य कलाकर केहि समयमा फाइनल गरिने निर्माण टिमले जनाएको छ ।  फिल्म शिवहरी पौडेलको डेब्यु निर्देशनमा बन्न लागेको हो ।