जीवनको ‘लंकापारा प्यारो गाउँ’ (भिडियो)

प्राकृतिक सुन्दरताले भरिपुर्ण पर्यटकिय स्थल लंकापाराको बारेमा वर्णन गरिएको ‘लंकापारा प्यारो गाउँ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा जिवनको शब्द रहेको छ भने स्वर ताराप्रकाश लिम्बुको रहेको छ ।

सुरज विकको संगीत, एरेन्जमेन्ट तथा मिक्सिङ रहेको उक्त गीतको भिडियोमा कलाकार तथा मोडल जिवनको उत्कृष्ट अभिनय रहेको छ । भिडियोमा अमिताभ चन्द्र र संगम राईको संयुक्त छायांकन रहेको छ भने कोरियोग्राफी हेमराज गजमेरले गरेका छन् । भिडियोमा शर्मिला पुरीको निर्देशन र रहेको छ भने सम्पादन प्रविन श्रेष्ठको रहेको छ ।

यसअघि पनि जिवन कै शन्द रहेको लंकापाराको गीत तथा भिडियो सार्वजनिक भैईसकेको थियो जसमा निर्देशन तथा मोडलिङ जिवन कै रहेको थियो । यसअघिको गीतबाट राम्रो प्रतिक्रिया पाएपछि लंकापारा ‘प्यारो गाउँ’ ल्याएको जिवनले बताए ।