प्रदर्शन मितिसंगै ‘लप्पन छप्पन २’ शुभमुहुर्त

बुधबार कमलादीस्थित गणेशस्थान मन्दिरमा फिल्म ‘लप्पन छप्पन’को दोस्रो सिरिजको शुभ-मुर्हूत भएको छ । मुकुन्द भट्टले निर्देशन गर्ने फिल्म असार ११ देखि फ्लोरमा जानेछ । निर्देशक भट्टसहित अभिनेता अर्पण थापा, अनुपबिक्रम शाही, अभिनेत्री नम्रता श्रेष्ठ, क्यारोलिन कोलिन्डा, छायाँकार पुरुषोत्तम प्रधानलगायतको टिमले क्यामरा पुजा गरि फिल्मको शुभमुहुर्त गरियो । फिल्ममा अन्य कलाकार दयाहाङ राई, सौगात मल्ल, देवु श्रेष्ठ,  सुरविना कार्की, सिर्जना सिना सन्नी ढकाल र फाजिल अहमद समेत रहने  छन् ।

इपी एजुकेशन अष्ट्रेलिया र गोल्डेन हिल्स पिक्चर्स ब्यानरमा फिल्मलाई चिज कुमार श्रेष्ठ र प्रजापती शिवाकोटी मिलेर निर्माण गर्नेछन् । प्रकास कुँवर र निर्मलकुमार मिश्र कार्यकारी निर्माता रहेको फिल्मको सोनु गुरुङ श्रेष्ठ र खिलेन्द्र तिम्सिना छन् । फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । एक्सन जनरामा निर्माण हुने ‘लप्पन छप्पन २’ लाई महाशिवरात्रीको अवसर पारेर फागुन ९ गते प्रदर्शन गर्ने घोषणा गरिएको छ ।