कलाकार लक्ष्मी बर्देवा (फोटोफिचर)

फिल्म ‘सुन्दर मेरो नाम’ मा पासिङ सिन गरेर अभिनय तर्फ तानिएकी लक्ष्मी बर्देवाले एक दशक भन्दा बढी समय थिएटरमा बिताएकी छन्। उनले घामपानी, जालो, बुलबुल लगायत फिल्ममा समेत अभिनय गरेकी छन् । बुलबुल यस वर्ष समिक्षकको आँखामा पर्न सफल फिल्म हो ।अभिनयमा अब्बल उनले रत्न राज्य क्याम्पसबाट पत्रकारिता र राजनीतिशास्त्रमा स्नातक गरेकी हुन् ।