कामको महत्व बुझेकी लक्ष्मी बर्देवा

रंगमन्चबाट अभिनयमा प्रवेश गरेकी कलाकार लक्ष्मी बर्देवा हाल ‘सेल्फी किंग’ मा ब्यस्त छिन् । रंगमंच हुदै फिल्म क्षेत्रमा प्रवेश गरेकी उनी थोर बहुत म्युजिक भिडियोमा देखिन थालेकी छन् । मण्डलामा अभिनय पढेर आएकी उनले गर्ने नाटक, फिल्म त छानिएका नै हुन्छन्, उनी भने म्युजिक भिडियो पनि छानेर गर्ने गर्छिन्। उनले औलामा गन्न मिल्ने भिडियोमा अभिनय गरेकी छन् । तर सबै सम्झन लायक लाग्छन् । कथा बिनाको भिडियोमा नाच्न कै लागि या अनुहार देखाउन कै लागि मात्रै उनी अभिनय गर्दिनन् । उनी पछिल्लो समय देखिएको भिडियोहरुमा नसा, नलाएको माया, ख्वामिता, परानै दिन्छु लगायत रहेका छन् । उनले हाल म्युजिक भिडियो निर्देशनमा उनले हात अगाडी बढाएकी छन्।

फिल्म ‘सुन्दर मेरो नाम’ मा पासिङ सिन गरेर अभिनय तर्फ तानिएकी लक्ष्मी बर्देवाले एक दशक भन्दा बढी समय थिएटरमा बिताएकी छन् । उनले घामपानी, जालो, बुलबुल लगायत फिल्ममा समेत अभिनय गरेकी छन् । बुलबुल यस वर्ष समिक्षकको आँखामा पर्न सफल फिल्म हो । अभिनयमा अब्बल उनले रत्न राज्य क्याम्पसबाट पत्रकारिता र राजनीतिशास्त्रमा स्नातक गरेकी हुन् ।