अभिनय कार्यशाला हुदै

आर्टिस्ट नेपालको आयोजनामा अभिनय कार्यशाला शुरु हुने भएको छ । काठमाडौँ पुतलीसडक स्थित आर्टिस्ट नेपाल स्टुडियोको हलमा कार्यशाला सुरु हुन लागेको हो । उक्त कार्यशालामा रंग क्षेत्रमा अगाडी बढ्न खोज्ने युवाहरु सहभागी हुन सक्नेछन।  बिशेष गरि अभिनयक्षेत्रमा काम गरिसकेका तथा अभिनय क्षमता अभिबृधि गर्न चाहना हुने पुस्तालाई यो कार्यशालाको सिकाई महत्वपुर्ण बन्नेछ ।

हरेक बिहान ७ बजे सुरु हुने यस कार्यशालामा सहभागीहरुलाई  निखारता प्रदान गर्न निखारिएका रंगकर्मी भोला राज सापकोटा ‘कोच’ को भूमिका निर्बाह गर्नेछन । गुरुकुलमा बसेरै अभिनयको सैदान्तिक तथा ब्यबहारिक ज्ञान हासिल गरेका रंगकर्मी भोलाराजको यो समय, अभिनय मार्फत आफ्नो पाईला चाल्न खोज्नेहरुको लागि बिशेष हुने आयोजक संस्थाका अध्यक्ष नव ढुंगेलले बताए। ढुंगेलले कार्यशालामा भाग लिने अभिनय प्रेमीहरुको निशुल्क फोटोसुट , आर्टिस्ट पोर्टफोलियो पेज तथा अवसरहरु प्रदान गरिने समेत बताए ।