‘लिटल फेरी पोखरा’ सम्पन्न

पोखरामा आयोजित लिटल फेरी पोखरा २०१९ को उपाधि स्यारोन बुढामगरले जितेकी छन् । ग्लोबल कलिजियट स्कुलमा कक्षा ५ मा अध्ययनरत १० वर्षिय स्यारोन २५ जना प्रतियोगी मध्ये अब्बल बन्दै उपाधि चुमेकी हुन् ।

उनले मष्ट हार्डवर्किङको सवटाइटल समेत पनि प्राप्त गरिन् । उपाधिको क्राउन सहित स्यारोनले २५ हजार बराबरको पुरस्कार पनि प्राप्त गरिन् । एस.टी. क्रियशन म्यानेजमेन्ट प्रा.लिको आयोजनामा भएको प्रतियोगितामा पोखराका बिभिन्न १६ बिद्यालयका ७ वर्ष देखि १२ वर्षसम्म उमेरसमुहका नानीहरुले भाग लिएका थिए ।
 
तेश्रो संस्करणको यस प्रतियोगीतामा समुह ए बाट शिशु निकेतन स्कुलकी कक्षा ३ मा अध्ययनरत छात्रा रेजलिन श्रेष्ठ फस्ट रनरअप, प्रतिभा बोर्डिङ स्कुल कक्षा ३ मा अध्ययनरत एन्जीया थापा मगर सेकेण्ड रनरअप र मदरल्याण्ड उच्च मावि कक्षा २ मा अध्ययनरत इप्सु न्यौपानेले थर्ड रनरअपको उपाधि हात पारे । त्यस्तै समुह बी बाट करुणानीधि एजुकेशन फाउण्डेशन कक्षा ४ मा अध्ययनरत छात्रा सिम्रन मल्ल फस्ट रनरअप, शिशु निकेतन स्कुल कक्षा ४ मा अध्ययनरत छात्रा अनन्या खत्री सेकेण्ड रनरअप, सरस्वती आवासिय विद्याश्रम कक्षा ५ मा अध्ययनरत छात्रा सचीना गुरुङ थर्ड रनरअप र मदरल्याण्ड उच्च मावि कक्षा ३ मा अध्ययनरत छात्रा ग्रीष्मा गिरीले भिवर च्वाईसको उपाधि हात पारे ।
प्रतियोगीहरुलाई बोल्ने कला, स्टेज प्रस्तुती, प्रश्न उत्तर बिधि, अनुशासन, सामुहिक नृत्य, आर्ट एण्ड क्राफ्ट, चित्रकला, क्याट वाक आदीमा दख्खलता हासिल गरी फाइनल प्रतिष्पर्धामा उतारिएको कार्यक्रम संयोजक ईनिशा दुरा मगरले जनाइन् ।
बिजेताहरु संगै सहभागी हुनेहरुमा समी थापा मगर, खुशी गुरुङ, आस्था गुरुङ, प्रिन्सा थापा,, प्राश्ना बलमपाकी, प्राश्ना पौडेल, किञ्जल कुँवर, लिजा पुन मगर, सारा गुरुङ, कुशुम श्रेष्ठ, इप्शु न्यौपाने, सुभनिमा गुरुङ, आरोही जिसी, सुवी पौडेल, सजना पोखरेल, सन्ध्या मल्ल र तमन्ना तामाङ समेत थिए ।
ट्यालेन्ट राउण्ड मार्फत नृत्य, गायन, चित्रकला, बत्तृत्वकला आदी आफ्ना प्रतिभा प्रस्फुटन गरेका उनीहरु सबैले कम्तिमा एक–एक वटा सवटाइटलको अवार्ड हात पारे ।
 
प्रतियोगिताको निर्णायकहरुमा हिशान कास्कीका अध्यक्ष तथा न्यु ग्यालेक्सी उच्च माविका फाउण्डर प्रिन्सिपल डा. रामजी शर्मा, अबाकस मेन्टल म्याथका प्रबन्ध निर्देशक उपेन्द्र अधिकारी, थमरुल डिएमआइटी पोखराका निर्देशक कञ्चन गुरुङ, मिस गण्डकी सिजन ३ की सकेण्ड रनरअप तथा भिजे सृष्टी आचार्य, कृष्टल इन्टरनेशनल मन्टेश्वरी होमकी प्रबन्ध निर्देशक रिना पौडेल र सञ्चारकर्मी तथा इभेन्ट म्यानेजर आशिष पुरी थिए ।
ईनिशा दुरा मगर, ज्योति सापकोटा, सोनु खत्री, रजिना सुबेदी र राहुल सापकोटाको सयुक्त कोरियोग्राफीमा प्रशिक्षकहरु उपेन्द्र अधिकारी, जीबन सुनुवार, सनम गर्बुजा, सीता गुरुङ, कोरियोग्राफर एवं संञ्चारकर्मी सुरज थापा लगाएतले संयुक्त रुपमा प्रशिक्षण दिएका थिए । करिब एक महिनासम्म दिइँदै आएको उक्त प्रशिक्षणमा बालबालिकाहरूको व्यक्तित्व, नेतृत्व तथा बौद्धिक क्षमतालाई उजागर गराउनको साथै बाल बालिकाहरूमा निहित प्रतिभालाई प्रोत्साहित गरी प्रस्फुटन गराउनको निमित्त कार्यक्रमको निरन्तरता दिँदै आयोजना गरिएको संस्थाका प्रबन्ध निर्देशक सुरज थापाले जानकारी दिए ।
 
कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्न विभिन्न गायन तथा नृत्यहरु प्रस्तुत गरिएको थियो । गायन तर्फ प्राप्ती तुलाचन, एलीना गुरुङ, सन्देश भुर्तेल रहेका थिए भने नृत्य तर्फ बीजी एरोबिक डान्स एकेडेमीका कलाकारहरु, सन्ध्या गुरुङ, प्रकृती थापा मगर, प्रतिमा भण्डारी लगायतले प्रस्तुति दिएका थिए । भाटभटेनी सुपर मार्केटको पेपे पिज्जामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चारकर्मी इनिशा दुरा मगर र सफल सुवेदीले गरेका थिए ।