२० तस्बिरमा कोरोना कहर: कतै चहलपहल, कतै सुनशान

कोरोना भाइरसको सङ्क्रमण थप अर्को एक जनामा भेटिएको छ। यससँगै कोभिड–१९ सङ्क्रमित नेपाली पाँच जना पुगेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको नमूना परीक्षणका क्रममा बागलुङकी १९ वर्षीया युवतीमा पोजिटिभ भेटिएको जानकारी दिए।

उनी बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको क्युआर ६५२ उडानबाट यही चैत ४ गते नेपाल आएकी थिइन्। उनको अवस्था अहिले सामान्य छ। उनलाई बागलुङबाट काठमाडौँ ल्याउने तयारी गरिएको जनाइएको छ।

कोरोनाको संक्रमण बढ्दै जाँदा काठमाडौंको सडक सुनशान छ भने कतै अत्यावश्यक सामग्रीको जोहो गर्न केही मानिसहरुको चहलपहल देखिन्छ। उनीहरु कोही तरकारी बेचिहरेका छन् भने कोही एलपी ग्याँस काँधमा बोकेर लैजाँदै गरेको देखिन्छ।

यतिमात्रै नभएर विदेशीहरु पनि बाध्यताले आफ्नो भारी आफै बोकेर गन्तव्यमा जान बाध्य भएका छन्। मेरोफिल्मको क्यामेरामा कैद भएका लकडाउनका केही तस्बिरहरु: