वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७बर्षको उमेरमा निधन

वरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको निधन ९७ वर्षको उमेरमा भएको छ । बिहीबार बिहान करिव चार बजे कालिकास्थानस्थित घरमै उनको निधन भएको जानकारी प्राप्त भएको छ ।

केहिदिन अघि निमोनियाका कारण सुमेरु अस्पतालमा भर्ना गरिएका दीक्षितलाई स्वास्थ्यमा सुधार आएपछि घर ल्याइएको थियो । हाल सम्म पनि उनी लेखपढ गर्न सक्ने अवस्थामा थिए ।

मदनमणि दीक्षितको जन्म काठमाडौंमा वि.सं. १९७९ फागुन ६ गतेका दिन भएको थियो । लामो समय पत्रकारिता गरेका मदनमणि उपन्यास, कथालेखन आदिमा चर्चित छन्  । उनको आज अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।