निर्माता वाग्ले पक्राउ प्रकरण : अनुसन्धानका लागि म्याद थपियो ( बिज्ञप्ति सहित)

निर्माता माधव वाग्लेलाई महानगरिय प्रहरि परिसरले बुधबार पक्राउ गरेको छ । उनी सहित अन्य ५ जना नक्कली मुद्रा सहित पक्राउ गरेको महानगरिय प्रहरी श्रोतले जानकारी दिएको छ । उनीहरुबाट नक्कली नेपाली रुपैयाँ रु. दुई करोड साट्ठी लाख त्रिसट्ठी हजार बरामद भएको हो ।

बिस्तृत घटनाक्रम यस्तो छ (प्रहरीले जारी गरेको प्रेस बिज्ञप्तिमा आधारित)
साउन १ गते मित्र नगर स्थित सुमधुर क्याफे तथा खाजा घरबाट सुर्खेत घर भई हाल कमलपोखरी बस्ने महेन्द्र बोगटी भन्ने ब्यक्तीले खाजा खाएको बिल तिर्ने क्रममा नक्कली पैसा दिएको भन्ने खाजाघरका संचालकको जानकारीका आधारमा प्रहरी त्यहाँ पुगी सोधपुछ र खानतलासी गर्दा उनिबाट नक्कली नेपाली रुपैया रु. एक लाख बिश हजार बरामद भएको थियो । बोगटिले दिएको सुचनाको आधारमा सिन्धुली घर भई लुभु बस्ने सुजित तामाङ र साजन तामाङको कोठाबाट नक्कली नेपाली रुपैया सात लाख त्रिचालिस हजार बरामद भएको थियो । त्यसै गरी साउन २ गते चारडुङ्गे स्थित तेजेन जङ्ग थापाको घरमा प्रिन्सेस मुभिज प्रालीका संचालक माधवराज वाग्लेको कोठामा खानतलासी गर्दा नेपाली नक्कली रुपैया रु. दुई करोड बाउन्न लाख प्रहरिले बरामद गरेको हो ।
बागबजार स्थित श्री नवज्योती प्रिन्टिङ प्रेसका संचालक प्रकाश सुबेदीले जय भोलेबाबा प्रिन्टिङ प्रेसका संचालक बिकेश नापितलाई छाप्न दिएको र उक्त नक्कली नोट बिकेश नापितकै छापाखानामा छापिएको थियो । उक्त छापाकानाबाट छापी सकेपस्चात नक्कली नोट बनाउन प्रयोग गरिएको ४ थाना प्लेट नवज्योती प्रिन्टिङ प्रेसका संचालकले आफ्नो छापाखानामा राखेका थिए । उक्त प्लेट समेत बरामद भएको छ ।
हाल यो प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट म्याद थाप भई अनुसन्धान भैरहेको प्रहरीले जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ ।

अब के हुन सक्छ ?
यदि पक्राउ परेकाहरु दोषी ठहर भएमा बिगो बमोजिम जरिवाना गरि १० बर्ष सम्म कैद हुनसक्छ ।