‘लुट’ पछि ‘पारस’ मा वाग्ले र बस्नेतको टिमअप

फिल्म निर्माता माधव वाग्लेले अब फिल्म निर्देशन गर्ने भएका छन् । उनले फिल्म ‘पारस’ मार्फत निर्देशकीय डेब्यु गर्न लागेका हुन् । ‘लुट’ निर्माताले यस फिल्ममा लुटका निर्देशक निश्चल बस्नेतलाई नै लिड रोलमा लिएर फिल्म बनाउन लागेका हुन् । बस्नेतलाई फिल्ममा लिदा वाग्लेलाई निर्देशनमा समेत सहयोग पुग्ने अनुमान गर्न सकिन्छ ।

‘एक अनलक्की मान्छे’को कथामा बन्ने फिल्ममा सन्दिप क्षेत्रीको पनि मुख्य भूमिका रहनेछ । फिल्मको छायांकन तिहारपछि सुरु हुनेछ । फिल्ममा निश्चलको जोडीको रुपमा टिकटक मार्फत चिनिएकी समिक्षा पोखरेलले काम गर्ने चर्चा छ । फिल्म चैत्र २८ गतेबाट रिलिज गर्ने तयारी निर्माण टिमको रहेको छ ।