भैरव बहादुर तथा मह जोडीलाई पुरस्कार प्रदान गरिने

भुवन चैत्य बसुन्धरा फाउण्डेशनको असार २० गते फाउण्डेशनकी अध्यक्ष श्रीमती बसुन्धरा भुसालको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले यस वर्षको पुरस्कार विभिन्न श्रष्टा एवं सर्जकलाई प्रदान गर्ने निर्णय गरेको छ । कलाकारिताका लामो समय विताएका विशिष्ट नृत्य निर्देशक भैरवबहादुर थापालाई हरिश (भुवन चन्द) पुरस्कार प्रदान गरिने भएको छ । नेपाली रंगमञ्च तथा चलचित्र क्षेत्रमा ६ दशक भन्दा बढी समय विताइसकेका छन् ।

यस फाउण्डेसनले चैत्य देवी सिंह पुरस्कार ४ दशक भन्दा बढी समय देखि रंगमञ्च, चलचित्र तथा सामाजिक सेवामा सकृय रहनु भएका विशिष्ट हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य (मह जोडी) लाई प्रधानगर्ने निर्णय गरेको छ । त्यस्तै चेत नारायण बसुन्धरा भूसाल पुरस्कार विशिष्ट अभिनेत्री श्रीमती हकुन्तला शर्मालाई प्रदान गरिने फाउण्डेसनले जनाएको छ ।