बिराटनगर र ‘भारत रंग महोत्सव २०२०’ मा नाटक ‘महाभोज’

केहि समय अघि मण्डला थिएटरमा सफल मन्चन भएको नाटक ‘महाभोज’ लाई अब मण्डला थिएटरले आरोहण गुरुकुल अनि लेट्स इन्टरटेनमेन्टसँगको सहकार्यमा यहि माघ २२ र २३ गते बिराटनगर स्थित आरोहण गुरुकुलको सुशिला कोइराला नाटकघरमा  मञ्चन गर्ने भएको छ । साथै यो नाटक भारतको नयाँ दिल्लीस्थित राष्ट्रिय नाट्य विद्यालय (नेशनल स्कुल अफ ड्रामा) द्वारा हरेक वर्ष आयोजना गरिने एशियाकै प्रतिष्ठित अन्तर्राष्ट्रिय नाट्य महोत्सव ‘भारत रंग महोत्सव २०२०’ को लागि पनि छानिएको छ ।

प्रसिद्ध भारतीय लेखिका मन्नु भण्डारीद्वारा लिखित नाटक ‘महाभोज’ पछिल्लो समयको अत्यन्तै चर्चित र प्रशंसित नेपाली नाटक हो । चर्चित रंगकर्मी अनुप बरालको निर्देशनमा मञ्चन गरिएको नाटकलाई कवि विप्लव प्रतीकले अनुवाद गरेका हुन् । नाटकमा रमेश बुढाथोकी, शेखर चापागाइँ, दयाहाङ राई, सृजना सुब्बा, बुद्धि तामाङ, बिजय बराल, विप्लव प्रतीक, राजन खतिवडा, प्रदिप कुमार चौधरी, विजय बराल, राज न्यौपाने लगायतको अभिनय रहेको छ ।