स्क्रिप्टमै चिप्लीएको कामरेडको लभस्टोरी

कल्पना गर्नुस् । पुर्व सभामुख कृष्ण बहादुर महरा बेलुकीको समयमा सरर भिआइपी इन्ट्री छ । उनको गाडी रोशनी शाहीको डेरा छेउमा गएर अडिन्छ । ढोकाको दुवै तिर कलश राखेर पर्खिरहेकी छिन् रोशनी । जब दुईको आंखा जुध्छन् । आंखाहरु एकाकार हुन्छन् । दुवैको डेरामा प्रवेश हुन्छ । दुवै जनाले संगै डिनर खान्छन् । कोलाहल राजधानी सुनसान बनेको छ । जुन टह टह लागीरहेको छ । जति हेर्दा पनि धित नमर्ने अवस्थाका पागल जोडीझै देखिन्छन् उनिहरु । अनि विस्तारै दुई विचमा प्रेमका बाछिटाहरु पोखिन थाल्छन् । छेउमा नारायण गोपालको मिठो गित बजीरहेको छ । दुवै एकापसमा मुग्ध छन् । दुवैको धडकन बढीरहेको छ ।
तर त्यो दिन त्यसो भएन । नेपालको राजनितिक वृतमा अहिले यस्तै माया प्रेमको स्क्रिप्टमा समस्या देखिएको छ । जसले दुई विचको प्रेम, भयावह रुपमा दुर्घटित हुन पुगेको छ । हजुर, दुई तिहाई सरकारका पुर्व सभामुख कृष्ण बहादुर महरा र सामान्य जागीरे रोशनी शाही विचको प्रेम प्रसंगमा । दुई लिड कलाकारद्धय महरा कमरेड र रोशनी शाही विच कोरिएको स्क्रिप्टमा चलचित्र नबन्दै सुपर फ्लप भएको छ । यसमा धेरै ट्विस्टहरु पछि क्लाइमेक्सका दृश्यहरु पनि आएका छन् । तर दर्शकले पिडक र पिडितको पहिचान पाए पनि खासमा उक्त स्क्रिप्टमा बन्न लागेको फ्लप कथाले भन्न के खोजेको विषयमा कन्फ्युज छन् ।
चलचित्रको पिलर भनेको नै स्क्रिप्ट हो । उत्कृष्ट चलचित्र बन्नु राम्रो स्क्रिप्टको आवश्यकता रहन्छ । त्यसैले चलचित्र कस्तो बन्ने कुरा स्क्रिप्ट पढ्दा थाहा हुन्छ । स्क्रिप्टलाई विश्वासीलो र भरपर्दो बनाउन ध्वनी, प्रकाश, दुश्य, अवस्था र डाइलगको आवश्यकता पर्दछ । लगभग नेपाली चलचित्रमा स्क्रिप्टमा समय खासै दिइएको पाईदैन । पाए पनि मुश्कीलले छ । अहिले पूर्व सभामुख कृष्ण बहादुर महरा र रोशनी शाही विचको स्क्रिप्टमा समस्या देखिएको छ । क्रमानुसार दृश्यहरु अघि बढ्नुपर्ने समयमा महराले बाठो पल्टेर दृश्यलाई कुरुप बनाई दिए । माथी प्रसंग जोडिएको छ । तर त्यसो भएन । हुनु पर्ने त्यो थियो तर लोकेशनमा अहिले अर्कै भयो । कामरेडले आफै बोकेर ल्याएको हिमालयनन ब्राण्डको रक्सीको ठाउंमा फुल भएको भए । बदाम काजु किसमिस भएको ठाउंमा बर्थडे केक भएको भए । त्यो स्क्रिप्टलाई लत्याएर महरा कमरेडले आफै लोकेसनमा स्क्रिप्ट लेख्ने दुस्साहस गरे । मेरै मामा निर्माता भन्दै अरुलाई बाल दिदै आफै डाइलग भने । जसले यति वर्षसम्म उसको अघि लाचार प्रेममा परेकी रोशनीको मन छुन सकेन । उनले डाइलग मात्र चेन्ज गरेनन् । सिचुएशननै अर्कै गरे । प्रोपर्टी पनि चेन्ज गरे । अनि भयो लफडा । प्रेमिल बन्नु पर्ने सिचुएशनमा महरा अर्कै बने । संगै बसेर पिउं भनेपछि कुरा काट्न नसकेर बसेर पिउन पनि मानेर भान्सामा गएर ग्लास ल्याएर सर्भ गरेर खातिरदारी त निभाएकी थिईननी । स्क्रिप्टमै नभएको प्लटमा महरा कमरेडको यौन चाहना प्रकट गरे ।
जब कुराहरु अघि बढे यसमा उनका भद्या डाइलग मात्र रहे । तर उनि भने शायद त्यो मुडमा थिईनन् । जब महराको दिमागमा पहिले पनि भाकै हो के हुन्छ भनेर जब उनको शरिरसंग चल्न खोजे यहिनेर बलात्कारको रंग उजागर हुन्छ । शायद उनि डिप्रेसनमा थिई होलीन् । एउटी महिला कति भावनात्मक हुन्छ भन्ने कुरा उसले बुझ्न सकेनन् । मुख्य स्क्रिप्टमा ख्याल गरेको भए । त्यो बलात्कार हुंदैन थियो की । घटना भयो, महरा कामरेडको भिआईपी सवारी सिसिटिभी फुटेजमा आफूलाई कैद गर्दै हुईकिए रोशनीको डेरालाई ओझेल पार्दै । तर थिलथिलो शरिर लिएर घण्टौ कति रोईहोलीन् उनि । बलात्कार पछिको रातभर उनलाई निद्रा लागेन होला । आफ्ना सन्तान पनि बाहिर रहेको अवस्था त्यसमाथी श्रीमान पनि कोठामा नभएको अवस्थाको अकेली महिलामा कस्तो भयो होला । नराम्रो मान्छे नराम्रोनै भयो । तर राम्रो आशा गरेको मान्छेबाट घृणित ब्यवहार खेप्नु हरकोहीको मन जल्छ । दुख्छ । शायद रोशनी शाही रातभर यहि सोचेर निदाएनन् । उनले कति पटक फोन डायल गरिन् होलीन् । तर मदिरामा मस्त महराको नो रेस्पोन्स । कति मन दुख्यो होला । कति मन पोल्यो होला । त्यसैले एकछिन पागल बनिन् अनि भटाभट एसएमएस ठोकिन् । भनिन्छ भत्किएको घरको झ्याल न ढोका ।
एकै पटक विहान रोशनीको मोवाइलमा महरा कमरेडको फर्गेट एस्टर्डेको म्यासेज आयो । अनि भतभती पोलेको मनले पनि भनी होलीन् –“न त माफीको लाइक भइस न त मायाको लाइक”। बुझ्नेलाई यो बाक्यको कति अर्थ पुर्ण छ । यसमा रोशनीको प्रेम पनि महरातिर छल्कीएको देखिन्छ तर महराले कहिले पनि बुझ्ने चेष्टा गरेनन् । मात्र उनलाई दासी सम्झे । तर महराले यो म्यासेजको भावना बुझेनन् । खासमा स्क्रिप्टमा थियो त्यसदिन आफ्ना सुरक्षाकर्मीलाई विदा दिएर सुटुक्क रातमा महराले उनको डेरा अघि उभिएर सय कल भन्दा बढी रिशाएकी रोशनीलाई कल गर्ने । उनलाई बोलाउने । माफी माग्ने । यता रोशनी पनि महरालाई तड्पाउन फोन रिसिभ नगर्ने । शायद यसो गरेको भए रातभरीमा उनको मन फर्कन्थ्यो कि । डेरा अघि पागल प्रेमी बनेको भए अवश्य पनि शाहीले उनलाई माया गर्थिन होली । तर त्यसो भएन । अन्त दुवैको मोवाइलको सेन्ट आइटममा रोशनी “न त माफीको लाइक भइस न त मायाको लाइक” महराको सेन्ट आइटममा थियो “फर्गेट एस्टर्डे”। उनको म्यासेजमा घृणासंगै माया पनि देखिन्छ । तर यो महराले बुझेनन् । यहिनेर फेरी स्क्रिप्ट चिप्लीयो ।
दुई विचको कुरा सुन्दा लाग्छ पच्चिस वर्ष अघिदेखी उनिहरुले आफ्नो जिवनको चलचित्रमा स्क्रिप्ट मिलेर लेखिरहेका थिए । तर किन असफल बने त । यहां मायामा एक अर्कोको भावना बुझ्नु पर्ने आवश्यकता खड्कीएको छ । माया तिन किसिमको हुने गर्दछ । माया–माया मिसिएको, स्वार्थ–स्वार्थ गुजुल्टीएको र माया–स्वार्थको अमिश्रण । उनिहरुको माया खै कस्तो थियो । मायामा जबरजस्ती हुंदैन । दुवैको सहमती चाहिन्छ, हुनुपर्छ । स्वार्थी संसारमा कसैको प्रेम सफल कसैको असफल हुन्छ । दुई विचमा सायद महरा कामरेडको ओभर कन्फीडेन्टले उक्त घटना भएको बुझ्न कठिन हुन्न ।
भmट्ट सुन्दा यो कुनै चलचित्रको सिन भन्दा कम रोचक छैन महरा र रोशनी विचको सम्बन्ध । दुवै जना विवाहित हुन् । अहिले समाजमा यस्तै सम्बन्धका कथा धेरै छन् । दुवैले लामो समयदेखी एकापसमा समझदारी कायम गर्दै आएका थिए । तर कामरेडको सानो गल्तीले नेपालको राजनितिमै भयंकर दुर्घटना भएको छ । सभामुख पदनै गुमाउन पुगे । अहिले महरा कामरेडको दैनिकी हस्पीटलमा ब्लड प्रेसर जांच्ने र अदालतले थपेको म्याद कटाउंदै बन्दीगृहमा बस्नु परेको छ । उता श्रीमानले रोशनीलाई साथ दिनुपर्ने ठाउंमा सम्बन्ध विछेद गरेका छन् । एउटा हिन्दी चलचित्रमा भनिएको छ स्याउ चाकु पे गिरे वा चाकु स्याउ पे गिरे, कटता तो स्याउ हि हे । अथार्त दुवै तरिकाले काटीने स्याउनै हो । रोशनी शाही पिडितनै छिन् हुन् । अचम्म, आफूलाई घटिट घटना कसैले विर्सन सक्छ र । कति सजिलै भनिदिए महराले फर्गेट एस्टर्डे । मान्छेले अनुहार विर्सन्छ सक्छ तर घटना विर्सन सक्दैन । रोशनी शाहीले शायद अब जिवनभर त्यो बलात्कारी अनुहार विर्सनै उत्तम हुन्छ तर घटना भने उनले जिवनभर विर्सन सक्ने छैनन् ।