७० औँ जन्मदिनमा महेश भाटलाई आलियाको शुभकामना

बलिउडका फेमस तथा दिग्गज फिल्ममेकर महेश भाटले ७० औँ जन्मदिन मनाएका छन् । उक्त उपलक्ष्यमा नायिका तथा उनकी छोरी आलिया भाटले आफ्नो पितालाई सामाजिक संजाल इंस्टाग्राम मार्फत शुभकामना ब्यक्त गरेकी छन् ।

आलियाले आफ्नो बुवाको फोटो पोस्ट गर्दै लेखेकी छन्, ‘तपाईको ७० औँ जन्मदिनमा तपाईले मलाई सबैभन्दा ठूलो उपहार दिनुभएको छ । जे कुराको म सपना देख्थे त्यहि कुरामा तपाईले मलाई निर्देशन गर्नुभएको छ । आज मेरा सपनाहरु पुरा हुदैछन् । जो मैले सोचेको थिए त्यो कहिले पनि सम्भव हुदैन थियो, तर आज तपाईले सम्भव बनाईदिनुभएको छ । धेरै धन्यबाद ड्याडी । आई लव यू मेरो बुवा जो त्यति बुढा भएका छैनन् । ह्यापी बर्थडे ।’