नेदरल्याण्डको मेक अप स्टुडियो अब काठमाडौंमा

यहि श्रावण ११ गते (२७ जुलाई) बाट KTM School of Make-Up Studio ले काठमाडौंको अनामनगरमा MAKE-UP STUDIO Professional Amsterdam को सहकार्यमा आफ्नो Make Up School को सुरुवात गरेको छ । उक्त School को Soft Launching गर्न तथा Bridal Make-Up सम्बन्धि Master Class दिनको लागि कलकत्ताबाट प्रशिद्ध Make Up Artist नम्रता शर्माज्यू आउनु भएको थियो । उक्त Master Class लिनका लागि देशका विभिन्न भागबाट ख्यातिप्राप्त व्यूटिसियनहरु आउनु भएको थियो र ४ दिन प्रशिक्षणमा सहभागी हुनु भयो ।

KTM School of Make UP जो Netherland को सहकार्यमा शुरु भएको छ अन्तर्राष्ट्रिय मेक अपमा आफ्नो Career बनाउने जो कोहीले ट्रेनिङ लिन सक्ने र सम्पूर्ण प्रोडक्टहरु Make-Up Studio Amsterdam को नै प्रयोग गरिने KTM  School of Make-Up  मिना महतज्यूले बताउनु भएको छ । यहाँ अन्तर्राष्ट्रिय स्तरको Make Up को साथ साथै Hair Styling सम्बन्धि पनि तालिमको व्यवस्था गरिएको छ ।