फिल्म मखमली मखमलीको गीत सार्बजनिक

मंसिर १३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मखमली मखमली’को  ‘फुल भैं फुलेको मेरो जिन्दगी’ गीत सार्बजनिक भएको छ । सावित्रा चिलवालको शब्द तथा संगीत रहेको गीतमा प्रमोद खरेलको आवाज रहेको छ ।

मखमली मखमलीको कथासँगै गीत पनि निर्माता सावित्रा चिलुवालले नै लेखेकी हुन् । फिल्ममा जयकिशन र शुभेच्छासँगै सारदा गिरी (कालीबुढी), परी तामाङ, मायाँ तामाङ, सावित्रा चिलुवाल, सविन बास्तोलसहितको अभिनय छ । बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, बिनोद बमको सम्पादन र रामेश्वर हुमागाईको छायाँकन रहेको फिल्म राजु गिरीले निर्देशन गरेका हुन् ।