हरिवंश आचार्यको ‘माकुरी जाल’ (भिडियो)

हास्य कलाकार हरिवंश आचार्यको नयाँ गीत ‘म त फसेँ माकुरीको जालमा परेर’ सार्वजनिक भएको छ । गीतमा  हरिवंश आचार्य र टिका प्रसाईँको स्वर रहेको छ भने शब्द हिरण्य भोजपुरेको रहेको छ । गीतमा हरि शरणले संगीत भरेका छन् । भिडियोमा हास्य कलाकार हरिवंश आचार्य र गायिका टिका प्रसाईँ फिचर्ड छन् । भिडियोलाई आराध्या लक्ष्मी खड्कीले निर्देशन गरेकी हुन् भने सोहन मानन्धरको छायाङ्कन र सम्पादन रहेको छ ।