मोहित सुरीको ‘मलंग’ समिक्षा : जवर्दस्त ट्वीस्ट, ‘एक भिलेन’ को गन्ध

कलाकार : आदित्य रोय कपूर, दिशा पाटानी, अनिल कपूर र कुणाल खेमु
निर्देशक : मोहित सुरी
निर्माता : लव रन्जन, भुषण कुमार, अंकुर गर्ग, कृष्ण कुमार
स्टार : *** (तीन)

‘ये रात इतनी जल्दी खतम नही होगी सर, अभि बहुत कुछ होना बाँकी हे’ फिल्म मलंगको यो डाइलगले फिल्म सस्पेन्स, ड्रामा, थ्रिलर, रोमान्स र एक्सनले भरिएको फिल्म हो भनेर थाहा हुन्छ । फिल्म मोहित सुरीले निर्देशन गरेका छन् । निर्देशकको क्षमता मान्नु पर्छ मुख्य चार कलाकार एक अर्का संग जोडिएका छन् । फिल्म भरि दर्शकलाई बाधेर राख्न सफल छन् निर्देशक सुरी ।

कथा 
क्रिशमसको एक दिन पहिले  गोवा बाट कथाको शुरुवात सुरु हुन्छ । फिल्मको सुरुमा अद्वेत (आदित्य रोय कपुर) एक पछी अर्को पुलिस अफिसर मार्दै हुन्छन् । अर्को तर्फ पुलिस अफिसर अनजानी आगाशी (अनिल कपूर) र माइकल रोड्रीक्स (कुणाल खेमु) ले पत्ता लगाउन सकेका छैनन् कि आखिर कसले एक एक अफिसरलाई मार्दै छ ।  त्यस पछी फिल्म फ्ल्यास्ब्याकमा जान्छ । पाँच बर्ष पहिलेको कहानीमा अद्वेत र सारा (दिशा पटानी) गोवा ट्रीपको समय एक लागूऔषध स्मग्लर जेसिका (एलि अवराम) लाइ भेट्छन् । यी दुइको जीवनमा एउटा घटना घटे संगै कहानीमा ट्वीस्ट आउछ । यो घटना संगै फेरी फिल्म ५ बर्ष अगी आउछ जहा अद्वेत सिरियल किलर बनेर पुलिस अफिसरलाई मारिरहेको हुन्छन् । माइकल र क्राइम ब्रान्च अफिसर अनजानी उक्त अपराधीको खोजीमा हुन्छन । अद्वेत र साराको पाँच बर्ष अगाडी के भएको थियो र यसमा पुलिसको के कनेक्सन छ थाहा पाउन भने फिल्म नै हेर्नु पर्ने छ ।

अभिनय
फिल्मको सुरुमा नै आदित्यले आफ्नो छाप छोड्न सफल भएका छन् । आदित्यले फिल्मका लागि गरेको मेहेनत देखिन्छ । उनको सुगठित शरीर, लभर लुक तारिफ गर्न योग्य छ । फिल्ममा दिशा पनि आकर्षक देखिन्छिन् । उनलाई फिल्ममा हिरो बराबर स्पेस दिईएको छ । उनको ग्ल्यामरस नजरा फिल्ममा देख्न सकिन्छ । फिल्मका सरप्राइज प्याकेज कुणाल र अनिल कपूर हुन् । अनिल एक ड्रग एडिक्ट बिन्दास पुलिस अफिसरको भूमिकामा छन् भने कुणालले समेत आफ्नो अभिनय मार्फत दर्शकको मन जितेका छन् । अनिलको अभिनय र स्टाइल दर्शकले मनपराउने प्रकार कै छ । एलीलाइ जति फिल्ममा देख्न सकिन्छ उनले आफ्नो भूमिका गज्जबले निभाएकि छन् । छोटो भूमिकामा देखिने अमृताले समेत आफ्नो भूमिकालाई न्याय दिएकी छन् । फिल्ममा आदित्य र दिशाको लोभलाग्दो क्यामेस्ट्री देखिन्छ ।

निर्देशन
मोहित सुरीले सम्पूर्ण फिल्म आफ्नो काँधमा लिएका छन् । मोहित त्यस्ता निर्देशक हुन् जसले प्रत्येक पटक दर्शकहरुलाई नयाँ कहानी  दिन्छन । फिल्मलाई बाधेर राख्ने जिम्मा लिएका सुरी उक्त काममा सफल छन् । सस्पेन्स कसरी सिर्जना गर्ने तथा क्यारेक्टरलाई कुन स्थानमा कसरि प्रयोग गर्ने भनेर उनले गरेको काम तारिफ योग्य छ । प्रत्येक स्टारमा समेत उनले सस्पेन्स सिर्जना गरेका छन् । फिल्मको क्लाइमेक्सले दर्शकको मन छुन्छ ।

कमजोरी
फिल्मको सबै भन्दा ठुलो कमजोरी फिल्मको पहिलो हाफ हो । पहिलो हाफ हुनु पर्ने भन्दा धेरै नै स्लो छ । फिल्मको सुरुमा केहि समय दिक्क नै लाग्छ । फिल्मको सम्बादहरु समेत कहिँ कतै कम्जोर लाग्छ । फिल्म हेर्दै गर्दा कहिँ कतै निर्देशकको पछिल्लो फिल्म ‘एक भिलेन’ को याद आउछ ।

संगीत
फिल्मको संगीत दमदार रहेको छ । लामो समय पछी फिल्ममा ओरिजिनल गीत सुन्न सकिने छ । फिल्मको संगीत मिथुन, अंकित तिवारी, असिम, अजहर र वेद शर्माको रहेको छ । फिल्मको शिर्ष गीतको साथ साथै अन्य गीत समेत राम्रा छन् ।

(भारतीय संचार माध्यममा प्रकाशित क्षमा त्रिपाठी द्वारा लिखित फिल्म समिक्षाको नेपाली रुपान्तरण)