फेक एकाउन्टका कमेन्टमा मलिनाको आक्रोश

अभिनेत्री मलिना जोशी फेक एकाउन्टले दिक्क देखिइन् । मलिना जोशीलाई झुटा एकाउन्ट बनाएर हैरान बन्नेदेखि दिक्क लागेको छ ।

मलिना जोशी नेपाली फिल्ममा सक्रिय छिन् । सक्रियता भएपनि सफलता पाउन नसक्दा उनलाई पनि दिक्क लागेको छ ।

मलिना जोशीलाई फेक एकाउन्ट बनाएर प्रतिक्रिया जे पायो त्यही जनाउनेमाथि दया लाग्छ । दया र दिक्क दुबै लाग्छ ।

मलिनाले फेक एकाउन्ट बनाउनेहरुलाई झटारो हानिन् । झटारो कडा छ । मानिसहरुले फेक एकाउन्ट मात्र नराम्रो प्रतिक्रिया जनाउनका लागि मात्र बनाउछन् भनेर उनले लेखेकी छन् ।

मलिनाले नराम्रो कमेन्ट गर्न मात्र फेक एकान्ट बनाउनेहरुले मानिसको अनुहारमा सिधै हेरेर भन्न नसक्ने आरोप लगाइन् ।

मलिनालाई लागेको छ उनी फेक एकाउन्ट बनाएर मानिसहरु नराम्रो कमेन्ट गरिरहेका छन् । उनलाइ आएका नराम्रा कमेन्ट यसैको उपज हो ।

फेक एकाउन्ट बनाएर दिक्क बनाउनेलाइ हेरेर फाइदा छैन मलिनाजी । आफ्नो काम गर्नुहोस्, मस्त रमाउनुहोस् ।