काठमाण्डौमा ‘म्यान अफ द वर्ल्ड’ को अडिसन हुदै

तीन संस्करणको सफलता संगै चौथो ‘म्यान अफ द वर्ल्ड २०२०’ को अडिसन यहि सनिवार काठमाण्डौमा हुने भएको छ । काठमाण्डौका साथै अन्य ४ स्थानमा समेत पुरुष मोडलको लागि अडिसन आव्हान गरिएको छ । अडिसन हुने सहरहरु बिराटनगर, चितवन, बुटवल र पोखरा रहेका छन् । शारीरिक बनावट भन्दा पनि भित्रि ज्ञानलाई मध्यनजर राख्दै ‘मस्कुलानिटि विथ रेस्पोन्सीबिलिटि’ स्लोगन सहित कार्यक्रम हुन लागेको हो ।

नेपालमा गड्स अफ हेभनको आयोजनामा हुने कार्यक्रमको सेमीफाइनल यहि डिसेम्बर १३मा हुनेछ । सेमी फाइनलबाट छानिएका टप ३प्रतिष्पर्धीलाइ ग्राण्ड फिनालेका लागि सिड्नी लगिने आयोजक धुर्व बुढाथोकीले बताए ।

‘म्यान अफ द वर्ल्ड’ को नेपालको फाइनल अस्ट्रेलियामा हुने भए पनि नेपालका बिजेता प्रतिनिधि फिलिपिनमा हुने ग्राण्ड फिनालेका लागि जाने छन् । अस्ट्रेलियामा उक्त कार्यक्रम युएनइको आयोजनामा हुदैछ । उक्त कार्यक्रमको अवसरमा मिस्टर, मिस र मिसेस ओसियाना नेपालको ग्राण्ड फिनाले समेत एक साथ फेब्रुअरी-७, २०२०मा हुनेछ । युएनइ कै आयोजनामा भएको मिस ओसियाना बिजेता अनुष्का श्रेष्ठ पूर्व मिस नेपाल भएकी थिइन् ।
‘म्यान अफ द वर्ल्ड’ को नेपाल बिजेता यस अघि सन् २०१७मा डा. श्री राम चन्द, २०१८मा चन्दन बिश्वकर्मा र २०१९मा छिरिंग पाख्रिन भएका थिए ।