फिल्म ‘मन्द–मन्द’ मा कसिस र नवीन

फिल्म ‘मन्द मन्द’ को मुख्य भूमिकामा कसिस दाहाल र नवीन रेग्मी फाइनल भएका छन् । राजबहादुर सानेको लेखन र निर्देशनमा निर्माण भइरहेको फिल्ममा केही समयअघि बिनय श्रेष्ठ, प्रमोद अग्रहरि र रबिन्द्र झा अनुबन्धित भएका थिए ।


बैशाख तेश्रो सातादेखि छायांकन सुरु भएको सस्पेन्स सोसियल ड्रामा मन्द मन्द हाल जुम्लाका बिभिन्न स्थानमा छायांकनको क्रममा रहेको जानकारी निर्देशक सानेले दिएका छन् । रुद्राक्ष फिल्मस्को ब्यानरमा रुद्र खनाल कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा टेकराज रेग्मी र कमल गिरी छन् । काठमाडौबाट सुरु भएको मन्द मन्दको सुटिङ नारायणघाट,बुटवल,कोहलपुर, सुर्खेत,कालिकोट हुदै जुम्ला र मुगुसम्म पुग्दै छ । दिब्यराज सुबेदीले खिचिरहेको फिल्मका गीतको कोरियोग्राफी रामजी लामीछानेले गरिरहेका छन् ।