मणि लामाको ‘बौद्ध : रिस्टोरिंग द ग्रेट स्तुपा’ सार्बजनिक

बरिष्ठ फोटोग्राफर मणि लामाका तस्विरहरुको संग्रह पुस्तक ‘बौद्ध : रिस्टोरिंग द ग्रेट स्तुपा’ शनिबार एक कार्यक्रम बीच सार्बजनिक गरिएको छ । पुस्तकमा सन् २०१५ को भुकम्प पश्चात पुन निर्माण गरिएको बौद्धनाथ स्तुपाको सुन्दर र ऐतिहासिक महत्वको तस्विरहरु समावेश गरिएको छ । तारा गाउँ म्युजियम आयोजित कार्यक्रम देखिनै लामाले सन् ७० को दशकबाट खिचेका  बौद्धका विभिन्न कालखण्डका तस्बिरहरुको प्रदर्शनीको पनि शुरुवात गरियो ।

मणि लामा बिगत ३५ बर्षदेखि फोटोग्राफीमा सक्रिय छन् । उनले खिचेका सुन्दर पोस्टकार्डहरुले थुप्रै पर्यटकहरुलाई नेपाल प्रति आकर्षित गरेका छन् ।