मनिषा कोइरालाको समर्थनमा नेपाली कलाकर्मी


नेपालले लिपूलेक र कालापानी समेटेर देशको नयाँ नक्सा सार्वजनिक गरेको छ । यस विषयमा भारतले चिनको आडमा भनेर समाचार प्रकाशित प्रसारित गर्दै आएको छ । यहि बीच भारतीय फिल्म जगतमा चर्चित नेपाली मनिषा कोइराला विरुद्ध भारतीय संचार माध्यम खनिएको देख्न सकिन्छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेको ट्विटलाई मनिषाले रि-ट्विट गरेकी थिइन् । उनले लेखेकी छन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’

यहि विषयलाई लिएर भारतीय टेलिभिजन एबिपीले भारतको खाएर चिनको समर्थन गरेको उल्लेख गरेको छ । मनिषालाई भारतले नै चिनाएको तर अहिले आएर नेपालको तरफदारी गरेको समेत भनेका छन् । संचारमाध्यमको साथ साथै सामाजिक संजालमा समेत भारतीयले उनको विरोध गरिरहेका छन् । यहि बीच नेपाली फिल्मकर्मीले मनिषा कोइरालाको खुलेर समर्थन गरिरहेका छन् । उनलाई समर्थन गर्दै कतिपय कलाकर्मीले भने भारतले माफी माग्नुपर्ने बताएका छन् ।

हेरौ केही कलाकर्मीले मनिषाको समर्थनमा गरेका पोष्टहरु : 

नायक राजेश हमालले मनिषा कोइराला र लिपुलेक दुवै नेपालीको भएको बताएका छन्।

My View on Limpiyadhura and Lipulekh..

Gepostet von Rajesh Hamal am Mittwoch, 20. Mai 2020

कलाकारलाई भारतीय संचार माध्यमले उपेक्षा गरे पनि कलाकारिताको उपेक्षा गर्न नसक्ने भन्दै निर्देशक दिपेन्द्र लामाले ऋतिक रोशनको विषयमा मनिषाले गरेको कामको विषय समेत उठाएका छन् ।

अर्जेन्टिनी खेलाडी मेस्सी स्पेनको बार्सिलोना क्लबबाट खेल्छन् । उनलाई स्टार बनाउनुमा बार्सिलोना र स्पेनी फ्यानहरुको पनि…

Gepostet von Dipendra Lama am Mittwoch, 20. Mai 2020

त्यस्तै कलाकार दिपक राज गिरीले एक भिडियो सार्वजनिक गर्दै हाकिमको भन्दा बाबुको माया बढी हुने बताएका छन् । त्यस्तै अर्को रमाइलो प्रसंगसहितको पोष्ट पनि सार्वजनिक गरेका छन् र भारतीय मिडियाको कामलाई हाँसोमा उडाएका छन् ।

चलचित्र “छिमेकी मिडिया” दृ्श्य नं १नेपाली कामदार: (दौडिदै आउछ) मालिक !मालिक!!मालिक: क्यो क्या हुआ बहादुर?नेपाली:…

Gepostet von Deepak Raj Giree am Mittwoch, 20. Mai 2020

निर्देशक नवल नेपालले संचार माध्यमहरुले मनिषासंग माफी माग्नुपर्छ भनेका छन्  ।
त्यस्तै संचारकर्मी रवी लामिछानेले मनिषाको एउटा ट्विटबाट नै भारत हल्लिएको बताएका छन् ।

मनिषा कोईरालाको एउटा टुइटले यति धेरै पसिना ? कठै भारतिय मिडिया ! आफ्नो माटोको पक्षमा बोल्ने एक नायिका माथी गाली गलौज…

Gepostet von Rabi Lamichhane am Mittwoch, 20. Mai 2020

नायिका पूजा शर्माले पनि मनिषाको खुलेर समर्थन गरेकी छन् । उनले लिपुलेक, कालापानी हाम्रो हो भन्दै फेसबुक प्रोफाइलमा फ्रेम समेत राखेकी छन् ।

आफ्नो व्यक्तित्व र अभिनयका कारण विश्वकै मन जित्न सफल नायिका मनिषा कोइरालाले नेपाली भूमिको बिषयमा टिप्पणी गर्दा भारतीय…

Gepostet von Xantripto Pooja Sharma am Mittwoch, 20. Mai 2020

त्यस्तै प्रेम बानिया ‘जय स्वाभिमान मनिषा कोइराला’ लेख्छन् ।

हृदयको सवभन्दा गहिराईबाट जुर्मुराएको जोश उछालेर र संसारकै अग्लो सगरमाथाको चुचुरोमा उभिएर पृथ्वी नै गुन्जिनेगरी एकदमै…

Gepostet von Prem Baniya am Mittwoch, 20. Mai 2020

त्यस्तै हाँस्य कलाकार कुमार कट्टेल जिग्री लेख्छन् –

कलाकार उषा रजक पनि मनिषाको समर्थनमा देखिएकी छन् ।

An actor has done what many trusted for holding the nation’s pride and policy making has failed to. More power to the…

Gepostet von Usha Rajak am Mittwoch, 20. Mai 2020

त्यस्तै कलाकार एसराज गराचाले समेत मनिषाको कदमको समर्थन गरेकाछन ।

Very disrespectful statement from indian media. They r not paying her for free or just fr visiting then.. how can their…

Gepostet von Suraj Garach-Sraaj am Mittwoch, 20. Mai 2020

गायक प्रमोद खरेलले विश्वभर कामका लागि छरिएका भारतीयले  भारतको विरोध गर्ने त भन्ने आसय ब्यक्त गरेका छन् ।

‪So many Indians are working in the world. ‬‪Has an Indian ever stopped to support India?‬‪NO . ‬‪Manisha Koirala…

Gepostet von Pramod Kharel am Mittwoch, 20. Mai 2020

गायिका इन्दिरा जोशीले कोइराला सत्यको पक्षमा उभिने नारी हुन् भनेकी छन् ।

हास्यकलाकार राजा राजेन्द्र पोखरेलले भने संचार माध्यम माथि नै आक्रोश पोख्दै मनिषाको समर्थन गरेका छन् ।

मनिषा कोइराला हाेस या मिनेन्द्र रिजाल हाेस भारतीय मिडियाले सातो जाने गरि लखेट्दा पनि देशको लागि अावाज बुलन्द…

Gepostet von Raja Rajendra Pokhrel am Mittwoch, 20. Mai 2020

अभिनेत्री करिश्मा मानन्धरले छिमेकी देशको मिडियाले समाचार अति रंजित गरेको आरोप लगाएकी छन् ।

डा. मिनेन्द्र रिजालको कुरा टु दि पोइन्ट लाग्यो , हरेक राजनीतिज्ञले यो अवस्थामा सटिक र आत्माविश्वासका साथ जवाफ दिनुपर्छ…

Gepostet von Karishmaa Manandhar am Mittwoch, 20. Mai 2020

त्यस्तै संगीतकर्मी युवराज चौलागाइ समर्थनमा देखिएका छन् ।

मनिशा कोईराला दिजु ?, तपाईं ले श्रम र शिप बेच्नु भएको हो आफ्नो स्वभिमान बेच्नु भएको हैन भन्ने कुरालाई प्रामणित गर्नु…

Gepostet von Yubraj Chaulagain am Mittwoch, 20. Mai 2020

नायिका एलिजा गौतमले समेत मनिषाको समर्थनमा आवाज उठाएकी छन् ।

श्रम बेचेकी की हुन् स्वाभिमान हैन हजुर कती माहान हुनुन्छ आफ्नु देश ??प्रती को माया कती लाग्छ भन्ने कुरा सर्लंग देखियो…

Gepostet von Aliza Goutam am Mittwoch, 20. Mai 2020

त्यस्तै, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले भारतीय संचारमाध्यम प्रति खेद ब्यक्त गरेका छन् ।

मनिषा काेइरालाकाे साथमा – कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएकाे नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा प्रकाशनकाे…

Gepostet von Surya Thapa am Mittwoch, 20. Mai 2020

कलाकर्मीहरुको प्रतिक्रिया आउने क्रम जारी छ ।