रानी मुखर्जीको ‘मर्दानी २’ प्रदर्शन मिति तय

भारतीय फिल्म अभिनेत्री रानी मुखर्जी अभिनित नयाँ फिल्म प्रदर्शनको क्रममा रहेको छ । उनी अभिनित फिल्म मर्दानीको सिक्वेल ‘मर्दानी २’को प्रदर्शन मिति तय भएको छ । फिल्म यस वर्षको डिसेम्बर १३ बाट प्रदर्शनमा आउने भएको छ।

फिल्ममा रानी प्रहरी अधिकारीको भूमिकामा देखिनेछिन् । उनी शिवानी शिवाजी राय नामक प्रहरीको भूमिकामा छन् । भारतीय फिल्म समीक्षक तरण आदर्शले ट्वीट गर्दै यस विषयमा जानकारी दिएका हुन् । फिल्म गोपी पुथरणले निर्देशन गरेका छन् । रानी विवाह पश्चात फिल्म तथा कार्यक्रमहरुमा कमै देखिन थालेकी छन् ।