कोरोनाको भ्याक्सिन बनाउने समूहलाई जुकरवर्ग र बिल गेटस्‌को २५ मिलियन डलर सहयोग

फेसबुकका संस्थापक मार्क जुकरवर्ग र उनकी पत्नी डा. प्रिसेला च्यानले कोरोना भाइरसविरुद्ध लड्न च्यान जुकरवर्ग इनिसिएटिभ्सको सुरुवात गरेका छन्।

उनीहरुले कोरोना भाइरसको भ्याक्सिन बनाउने अनुसन्धान गरिरहेका समूहलाई बिल गेटस् र मेलिन्डा गेट्स फाउण्डेशनसँग सहकार्य गरेर २५ मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका हुन्।

जुकरवर्गकी पत्नी च्यानले एक टेलिभजनसँग कुराकानी गर्दै भनेकी छिन्, ‘ च्यान जुकरवर्ग इनिसिएटिभ्स र बिल गेट्ससँगै मिलेर काम गर्ने अवसर पाउँदा म आपूलाई भाग्यमानी ठानेकी छु। हामी कोरोनाको महामारीसँग लड्नेछौ।’ च्यानले सामूहिक प्रयासले मात्रै कोरोनाविरुद्ध लड्न सक्ने क्षमता रहेको बताएकी छिन्।

यस्तै जुकरवर्गले च्यानको कुरामा जोड दिँदै भनेका छन् ‘ यो एक प्रकारको विचारणीय सोच हो। कहिलेकाही एकजनाको महत्वपूर्ण सोच र औषधिले धेरै रोगविरुद्ध लड्न हामीलाई साहास दिन्छ। साथै यसले कोरोनासँग जुध्न, उसको लक्षणहरुलाई हटाउन र कम मानवी क्षति गर्न सकारात्मक प्रभाव पार्नेछ।’

सामाजिक सञ्जाललाई पनि कोरो भाइरसको महामारीको प्रभावबाट बचाउन नसकेको जुकरवर्गले बताएका छन्। उनले भनेका छन्, ‘ कोरोना (कोभिड१९)को त्रासले फेसबुकका ४५ हजार कर्मचारीहरु घरबाटै काम गरिरहेका छन्, क्वारेन्टाइनमा बसेर।’ उनका अनुसार घरबाट काम पूरा गर्न नसक्नेहरुले पनि यो अनिश्चित अवधिमा ‘पूर्ण तलब’ पाउनेछन्।

प्रविधि क्षेत्रका अर्बपतिले आफ्ना सबै कर्मचारीहरुलाई तलब दिने वाचाले अन्य कम्पनीहरुका लागि उदाहरण भएको र काम गर्ने थप आशा जगाइदिने जुकरवर्गको भनाइ छ।

उनी भन्छन्, ‘त्यहाँ धेरै कम्पनीहरु छन् जुन मलाई लाग्छ उनीहरुको जनताको ख्याल राख्न सक्ने क्षमता छ, र मलाई लाग्छ कि हामीसँग त्यो जिम्मेवारी छ,”

फेसबुकमा अहिले सबै प्रकारको आम्दानी आउने विज्ञापनमा कटौती भएको र पछि आएर फेरि यसले व्यापार मोडललाई थप प्रभावकारी बनाउनेमा कुनै ग्यारेन्टी नभएको जुकरवर्गले उल्लेख गरेका छन्।

यसका साथै उनले आफ्नो कम्पनी ठूलो भएकाले अर्थको जोहो पनि राम्रै भएको र यसले मानव समुदायको हितमा काम गर्ने अठोट कायमै रहेको बताएका छन्। उनले भनेका छन्, ‘हामी भाग्यशाली छौं, ठूलो कम्पनी भएर। अहिले यसले अर्थपूर्ण नगद रिजर्भ गरिदिएको छ, र मलाई लाग्छ हामी यसको सही सदुपयोग गरेर मानव जीवन बचाउन सक्छौ सही समयमा।’

साथै जकरबर्गले फेसबुकले आफ्नो सार्वजनिक छविसँग सामना गर्नुपरेका मुद्दाहरू स्वीकार गरेका छन्,खासगरी कम्पनीले “विभिन्न परिस्थितिहरूलाई सम्बोधन गर्न” कसरी “सक्रिय” रहने भनेर।

कोरोना भाइरसविरुद्ध लड्नु अहिलेको अर्वपतिहरुको लागि पनि “विशेष महत्वपूर्ण’ रहेको उनको भनाइ छ।

उनले भनेका छन्, ‘म आफूप्रति धेरै गर्व गर्दछु।संसारभरका मानिसहरु संकटको यो घटीमा एकअर्कालाइ समर्थन र साथ दिइरहेका छन् सामाजिक सञ्जालमा सूचना आदानप्रदान गरेर।उनीहरुले दिएको सही जानकारी प्राप्त गरेर गलत जानकारीविरुद्ध लड्न सक्ने क्षमता बनाएका छन्। साना व्यवसायलाई समर्थन गर्ने र उनीहरूको पुनःप्राप्ति – भन्ने कुरा सुनिश्चित गरिरहेका छन्।  समाज मानवीय साथ, सहयोग र समर्थनले चलाउनुपर्छ भन्ने मलाइ लागेको छ।’

फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालबाट संसारभरका सेलेब्रेटीहरुले आ-आफ्नो तर्फबाट देश र जनताको लागि सामाजिक दूरीलाई नजिक बनाएर कोरोनाविरुद्ध लड्नुले ‘भर्चुअल दुनिया’ विपत्तिको साथी भएको उनले दावी गरेका छन्।

उनले भनेका छन्, ‘ अब हामी प्रविधिमार्फत कोरोनासँग लड्न सक्छौ। आपसमा सहयोग र हातेमालो गर्न सक्छौ। अहिले संसारभरका सेलेब्रेटी र सामाजिक अभियन्ताहरु लागिरहेका छन् मानवीयता देखाउन। म निक्कै खुसी छु।जबकि सामाजिक दूरीले ठूलो जमघटलाई रोकिरहेको छ। डीजे डी-नाइसको शनिबार रातको इन्स्टाग्राम लाइभ “पार्टी” ले पनि फेसबुक संस्थापकको लागि राम्रो गरेको छ। सबैजना आफ्नै घरमा बसेर लाइभ हेर्न पाए र रमाए।’

उनले व्यक्तिको ‘दैनिक बहादुरी र कडा मेहनत’को लागि, उपचार र भ्याक्सिनका लागि वैज्ञानिकहरुप्रति कृतज्ञता व्यक्त गर्दै भनेका छन्, ‘कोरोना भाइरससँग लड्न आफ्नो तर्फबाट योगदान पुर्याउन चाहने मानिसहरुको ईमेल निरन्तर आइरहेका छन्। हामी यसको लागि सबैलाई बहादुर र कर्मयोगी सहयोगीह हातहरु भनेका छौ।’