रेविकालाई बेवास्था गर्दै ‘मारुनी’ टिम

फिल्म मारुनीको प्रचारमा छ निर्माण टिम । फिल्म प्रदर्शन हुने समय पनि त आएको छ । तर कलाकार माथि विभेद भएको स्पस्ट देखिन थालेको छ ।

यस अघि अर्को फिल्मबाट आउने चर्चा चले पनि रेविका गुरुङले फिल्म मारुनी मार्फत नै डेब्यु गर्दै छिन् ।

फिल्ममा कसको मुख्य भूमिका भन्ने प्रश्नमा फिल्म निर्देशक नवल नेपालले फिल्म हेर्न पर्छ भने । तर फिल्म प्रदर्शनको समय नजिकिदै गर्दा निर्माता निर्देशकले साम्राज्ञी आरएल शाह र पुष्प खड्कालाई मात्रै देखे । त्यसैले त देश दौडाहामा उनीहरुलाई मात्रै लिएर गए ।

पहिला भन्दा चै हाम्रो फिल्म मार्फत दमदार इन्ट्री गराउछौ रेविकालाई भन्ने, तर दर्शकको नजिक हुने समयमा उनलाई वास्तै नगर्ने ?

फिल्मलाई लिएर रेविकाको अपेक्षा केही त पक्कै होला,पहिलो फिल्म हो त्यसैले पनि । तर किन बेवास्था गरिदै छ टिमबाट उनलाई ?

स्टारडमले फिल्म नचल्न पनि सक्छ । अहिले फिल्म फिल्म खासै चलेको पनि छैन । यस अवस्थामा दर्शकले फिल्म हेरे पछी रेविकालाई मात्रै मन पराए भने ? समय मै सोचौ ‘हेला को फेला’ परिएला !