साम्राज्ञी र पुष्प अभिनित फिल्म ‘मारुनी’ को गीत सार्वजनिक

फिल्म मारुनीको गीत ‘जाम न माया जाम’ सार्वजनिक भएको छ गीतमा दीपक बज्राचार्यको स्वर तथा संगीत रहेको छ । भिडियोमा फिल्मका मुख्य कलाकार साम्राज्ञी आरएल शाह र पुष्प खड्का फिचर्ड छन्  ।

पुनम इन्टरटेन्मेन्टको ब्यानरमा पुनम गौतमको निर्माण रहेको फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्पल खड्का , रेविका गुरुङ लगायतको मुख्य भूमिका रहेको छ । नवल नेपालको निर्देशन रहेको फिल्ममा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइको साथमा बाल–कलाकारको रुपमा सायरा आचार्य, आभाष सिंह, सौर्य अधिकारीको अभिनय रहेको छ । फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेको छ । फिल्म भदौ १३ गतेबाट प्रदर्शनमा आउने छ ।