‘मारुनी’ लाई बेवास्था गर्दै प्रेमीसंग साम्राज्ञी !

साम्राज्ञी व्यक्तिगत भ्रमणको क्रममा छिन् । दुई फिल्म मारुनी र रातो टिका निधारमाको छायांकन सकेर उनी बाली पुगेकी हुन् । प्रेमीसंग समय बिताउन उनी बालीमा रहेको सामाजिक संजालमा सार्वजनिक तस्विरबाट उनका फ्यानहरुले थाहा पाए । तस्विर हेरेर उनको समय मज्जाले बितिरहेको अनुभव गर्न सकिन्छ । उनी काम संगसंगै आफ्नो लागि समय दिने नायिकाको रुपमा चिनिन्छिन् ।

उनी अभिनित फिल्म ‘मारुनी’ भदौ १३बाट प्रदर्शनमा आउदै छ । पहिलो गीत सार्वजनिक कार्यक्रममा २ घण्टा समय छुट्याएर आएकी फिल्मकी मुख्य कलाकार साम्राज्ञी दोश्रो गीत सार्वजनिक हुदा भने दर्शकलाई द्विविधामा पार्न मै ब्यस्त छिन् । एक कलाकारको कर्तब्य फिल्ममा अभिनय गर्नु मात्र नभएर फिल्म प्रमोसनमा समेत समय दिन जरुरी हुन्छ । महंगी नायिकाको रुपमा चिनिएकी साम्राज्ञीलाई प्रमोसनमा समेत साथ दिएर फिल्मको लगानी बचाउदै फिल्मलाइ व्यवसायिक रुपमा सफल बनाउन सहयोग गर्लिन् भन्ने अपेक्षाका साथ निर्माताले ठुलो रकम लगानी गरेका हुन्छन् । तर उनको अहिलेको हर्कत हेर्दा उनी अव्यवहारिक हुन् की भन्ने भान हुन थालेको छ ।

उनी सामाजिक संजालमा भटाभट विकिनी तस्विर सार्वजनिक गर्दै छिन् । जबकी सोहि समय मारुनीको दोश्रो गीत सार्वजनिक भयो । दर्शक झुकिएका छन् र झुमिएका छन् फिल्मको गीतमा भन्दा बिकिनी तस्विरमा ।

फिल्म प्रमोसनको समयमा बेवास्था गर्ने उनको यो पुरानै बानी हो । साम्राज्ञीलाई फिल्मको चर्चाकै लागी राखिएको भनिएको थियो फिल्म ‘मङ्गलम’ मा । तर उनले प्रमोसनमा मुन्टो बटारिन् । त्यति टाढासम्म पनि पुग्न परेन । उनको प्रदर्शनमा आएको अन्तिम फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ को प्रमोशन र प्रदर्शनको समयमा त उनको, फिल्मकी निर्देशक रेनाशा वान्तवा राईसंग बोलचाल नै बन्द भयो । उक्त समय चिसिएको सम्बन्ध अझै पनि सहज बनेको छैन । हालसम्म काम गरेका कुनै पनि फिल्ममा उनले खुलेर प्रमोशनमा सहयोग गरेको देखिएको छैन । त्यसै कारण पनि हुन सक्छ एक पटक काम गरेपछि उनलाई दोहोर्याएर निर्माता निर्देशकले लिन सोच्न परेको ।

फिल्म ड्रिम्सको अभिनयका कारण उनी धेरैको नजरमा परिन् र फिल्म पनि पाइन् । तर साम्राज्ञीको पछिल्लो समयका फिल्महरुलाई नियाल्दा खासै सफल भएको देखिंदैन । कायरा र तिमीसँगको फितलो प्रस्तुतिले उनको करियर माथि प्रश्न उठ्न थालेको छ । साथै व्यवसायिक रुपमा सफल भए पनि ‘इन्टु मिन्टु लन्डनमा’ लाई हेर्दा पनि उनले फिल्म लाइनमा पुरानै स्टारडम जोगाउन धेरै मेहनत गर्न पर्ने अवस्था रहेको छ । उनको आफ्नो प्रोजेक्टलाई बेवास्था गर्ने बानीका कारण निर्माताहरु फिल्ममा सम्राज्ञीलाई अप्रोच गर्नु अघि सोच्न थालेका छन् ।

सामाजिक संजालमा आफुलाई छताछुल्ल पारे झैँ अभिनयमा पोख्त बन्ने र आफुले गरेको फिल्मका लागि समय छुट्याउन जरुरी छ । प्रेमीसंग क्वालिटी टाइम स्पेन्ड गरे झैँ फिल्म प्रदर्शनको समयमा केहि टाईम आफ्नो प्रोजेक्टलाई दिने हो भने धर्मराउने क्रममा रहेको उनको करियरलाई केहि सहायता मिल्थ्यो कि ?