दुवईमा फसेका आफ्ना विद्यार्थी न्याथम कलेजद्धारा उद्धार

पढाईको शिलशिलामा दुवई पुगेका आफ्ना विद्यार्थीलाई न्याथम कलेजले उद्धार गरेको छ । उनीहरुलाई गत १६ गते उद्धार गरेको हो । न्याथम कलेजका अलवा अन्य कलेजका विद्याथी पनि उद्धार गरिएको थियो । दुवईमा फसेका नेपाली विद्यार्थीहरुको उद्धार गरिएको छ ।
कलेजले दिएको जानकारी अनुसार उनीहरु इन्टर्न गर्न गएको बेला लकडाउनका कारण रोकिएका थिए ।

उनीहरुलाई न्याथम कलेज तथा काठमाडौका साथै अन्य कलेजको सक्रियतामा उद्धार गरिएको हो । विद्यार्थीलाई उद्धार कार्यमा माननीय पर्यटन मन्त्री योगेश भट्टराई, पर्यटन सचिव केदार बहादुर अधिकारी, परराष्ट्र मन्त्रालय, दुवईको नेपाली दुतावास, नेपाल एयरलाईन्सले महत्वपुर्ण भुमिका खेलेको न्याथमले जनाएको छ । ठूलोे संकटको समयमा पनि धैर्यधारण गरेर कलेजलाई सहयोग गरेको भन्दै न्याथम कलेजले विद्यार्थीलाई धन्यवाद दिएको छ । उद्धार कार्यका लागि न्याथम अफ बिएच एमका कोर्डिनेटर विनोद अर्यालको संयोजकत्वमा समिती गठन गरिएको थियो ।