साराको पासोमा सुनिल (भिडियो)

सारा सिर्पाली र सुनिल क्षेत्री फिचर्ड ‘मायाको पासो’ गीतको सार्वजनिक गरिएको छ । दिपक कुमार र मेलिना राइको स्वर रहेको गीतमा नेत्र काफ्लेको संगीत छ । भिडियोलाई सुनिल न्यूरेले निर्देशन गरेका हुन् । भिडियोमा निराजन र यूमीको कोरियोग्राफी, बिशु न्यौपानेको छायांकन, विकास ज्ञवालीको सम्पादन रहेको छ । भिडियोमा सुनिल र साराको साथमा नेपाली ठिटोजको नृत्य छ ।