‘मायामा’ पल आंचल (भिडियो)

भ्यालेन्टाइन डेको पूर्व सन्ध्यामा गीतकार सुरेश वाग्लेले रोमान्टिक गीत ‘मायामा तिम्रो’ सार्वजनिक गरेका छन् । गीतमा गायक राहुल विश्वास तथा गायिका स्नेहश्री थापाको यूगल स्वर रहेको छ । संगीतकार मेघराज लगुनद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु सुरेश वाग्ले तथा मेघराज लगुनले रचना गरेका हुन् । सुमित विश्वकर्माले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।

बिकास सुवेदीद्वारा निर्देशन गरिएको म्युजिक भिडियोमा आप जोडी पल शाह तथा आचल शर्माले अभिनय गरेका छन् । भिडियोमा गीतकार सुरेश वाग्ले तथा सुशिल काफ्लेले पनि अभिनय गरेका छन् । अनिल के मानन्धरद्वारा छायांकन गरिएको म्युजिक भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । सुप्रिमले नै भिडियोमा कलर ग्रेडिङको काम समेत गरेका छन् । भिडियोमा अभिनाश मानन्धरले ड्रोन पाइलट तथा सहायक छायांकारको रुपमा काम गरेका छन् ।