अनलाइन पत्रकारीताप्रति राज्य नियन्त्रणमुखी : महासंघ उपाध्यक्ष पोखरेल

नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले राज्य सन्चारमाध्यमलाई व्यवस्थीत भन्दा नियन्त्रित गर्ने मनसायले आएको बताएका छन् । अनलाइन पत्रकार संघको १० औ बार्षिक साधारण सभामा बोल्दै उनले सरकार अनलाइन सञ्चारमाध्यममाथी थप आक्रामक बन्ने तयारीमा सक्रिय भएको बता ए।

सरकार अहिले कानुनको दुरुपयोग गर्दै समाचार लेखेकै आधारमा प्रहरी लगाएर पत्रकार पक्राउ गर्ने गरिरहेको भन्दै उनले अहिलेको चुनौतीपूर्ण अवस्थामा सञ्चारकर्मी थप सचेत हुनुपर्ने आग्रह गरे । सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक फिर्ताको विकल्प नभएको उनले बताए । कार्यक्रममा नेपाल प्रेस युनियनका महासचिव अजय सिवाकोटीले सरकार प्रेस स्वतन्त्रताको विपक्षमा अती अनुदार बनेकाले सञ्चारकर्मी एकबद्द भएर त्यसको विपक्षमा सक्रिय हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राधेश्याम दाहालले सरकार अनलाइन पत्रकारीतालाई बदनाम गराउदै नियन्त्रणको शड्यन्त्रमा लागेको बताए । कार्यक्रममा महासंघका सचिव रामप्रसाद दाहाल र प्रकाश थापा लगायत सहभागी थिए ।