निर्देशनमा प्रियंका कार्की (भिडीयो)

अभिनेत्री प्रियंका कार्कीले निर्देशन गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । बाल गायिका आयुष्का खनियाँको मेरै लाहुरेले बोलको गीतको भिडियोबाट अभिनेत्री कार्कीले निर्देशनमा डेब्यू गरेकी हुन् । भिडियोमा प्रियंका कार्की र आयुष्मान देशराज जोशीको अभिनय रहेको छ ।  लेखु सहयात्रीको शब्द रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ । बाल गायिका आयुष्का खनियाँको स्वर रहेको गीतमा नरेन्द्र बियोगीले संगीत संयोजन गरेका छन् । गीतको मिक्सिङ÷मास्टरिङ भने किसोर थापाले गरेका हुन् ।  म्युजिक भिडियोको सम्पादन सन्देश शाह तथा रङ संयोजन रेनिश फागोले गरेका हुन् ।