अफगानी महिला पत्रकार मङ्गलको हत्या

अफगानिस्तानकी चर्चित महिला पत्रकार तथा राजनीतिक सल्लाहकार मिना मङ्गलको गोली हानि हत्या गरिएको छ । अफगानिस्तानका राजनीतिज्ञ तथा महिला अधिकारवादीहरूले यस हत्याको कडा शब्दमा निन्दा गरेका छन् । उनीहरुले हत्यारालाई कारबाही माग गरेका छन् ।

पत्रकार मङ्गलको राजधानी काबुलमा शनिबार दिउँसो गोली हानी हत्या गरिएको हो । उनी विगतमा टेलिभिजनमा कार्यरत थिइन् । उनी राजनीतिक सल्लाहकारको रुपमा कार्यरत थिइन् ।

अफगान प्रहरीले अनुसन्धान थालेको बताएको छ । आन्तरिक मामिला मन्त्रालयले अफगान संसद्को सांस्कृतिक मामिला आयोगको सल्लाहकारका रूपमा कार्यरत रहेकै बेलामा मङ्गललाई शनिबार गोली हानिएको थियो ।