‘मिनी मोडल वल्ड २०१९’ बनिन् नेपाली चेली प्रिन्शा

मार्च २१ देखि २८ सम्म इजिप्टको हुर्घादा शहरमा टिभी स्टार्ट इन्टरनेशनल टिभी फेस्टिवलद्वारा आयोजित ब्युटी पिजेन्ट कार्यक्रममा ‘मिनी मोडल वल्ड २०१९’ को उपाधि नेपालकी ५ वर्षिया प्रिन्शा खड्काले जितेकी छिन । कार्यक्रममा मिनी मोडेल २०१९ का साथै उत्कृष्ट डान्सरको उपाधि पनि जितेकी थिईन् ।

मोर्निंग ग्लोरी इन्टरटेनमेन्टको आयोजनामा मिनी लिटिल च्याम्प २०१९ को टाईटल जितेर अन्तराष्ट्रिय रुपमा नेपालको प्रतिनिधत्व गरेकी प्रिन्शा सहभागी मध्यकै सबैभन्दा कम उमेरकी भए पनि मिनीतर्फ मिनी मोडेलका साथै उत्कृष्ट डान्सरको पनि उपाधि हाँसिल गरेकी हुन ।

वालवाटिका इन्टरनेशनल स्कुलमा युकेजीमा पढ्ने प्रिन्शा अन्तराष्ट्रिय मिनी मोडलमा भाग लिन आयोजक मोर्निंग ग्लोरीको टिमसँग गत मार्च २० मा इजिप्ट गएकी थिइन् । मार्च २१ देखि २८ तारिकसम्म संसारभरका विभिन्न देशबाट १८ वर्षमुनिका ४५ जना सहभागी रहेको उक्त कार्यक्रम ८ दिनसम्म त्यहाँ स्थित परिचित पाँचतारे होटेल द क्यारेवियन वल्ड रिसोर्टमा चलेको थियो ।

यस कार्यक्रमको लागि फेशनको डिजाइन रि ब्लुम फेसन बुटिक र न्युरोड स्थित बन्धना बुटिकले गरेको थियो । डान्स काठमाण्डौं डान्स स्टुडियोले सिकाएको थियो भने कोरियोग्राफर मारिशा श्रेष्ठ र विपाष्ना खनालले गरेकी थिइन ।

त्यसैबीच आजै स्वदेश फर्किएकी मिनी मोडल वल्ड २०१९ प्रिन्शा खड्कालाई त्रिभुवन अन्तराष्ट्रीय विमानस्थलमा भब्य स्वागत गरिएको थियो । उनको स्वागतमा मर्निंग ग्लोरिका चिफ एक्जुकेटिभ दिनेश खनाल, कोरियोग्राफरद्वय मरिषा श्रेष्ठ, विपष्ना खनाल, वालवाटिका स्कूलको टिम, विभिन्न मिडिया र आफन्त लगायत समर्थकहरु झण्डा ब्यानर सहित पुगेका थिए ।