‘मिस कल्चर वर्ल्ड’ मा नेपाली सहभागी निशा फस्ट रनरअप

मिस कल्चर वर्ल्डमा नेपालबाट सहभागिता जनाएकी निशा पाठकले फस्ट रनर अपको उपाधि जित्न सफल भएकी छन् । ‘यो जीत नेपालको लागि’ भन्दै उनले आफ्नो सफलता देशको नाममा समर्पित गरेकी छन् । खुल्ला प्रतिष्पर्धामा छानिएर उक्त प्रतियोगितामा सहभागिता भएकी उनको यो सफलताले नेपाललाई विश्वमा चिनाउने एक अवसर प्रदान गरेको छ । भियतनाममा भएको मिस्टर एण्ड मिस कल्चर वर्ल्डमा नेपालबाट प्रवेश थापा र निशा पाठकले प्रतिनिधित्व गरेका थिए ।

निशा यस भन्दा अघि सन् २०१४मा मिस ग्लोबल इन्टरनेसनलको उपाधि जितेकी थिइन् । त्यस्तै उनी मिस हेरिटेज इन्टरनेसनलको समेत बिजेतारहेकी छन् । उनले कार्यक्रम प्रस्तोताको रुपमा विभिन्न टेलिभिजनमा कार्यक्रम समेत संचालन गरेकी छन् । स्टेज कार्यक्रम समेत गर्ने पाठक मिस नेपालमा समेत सहभागी भएकी थिइन् ।