‘मिस एलिट ब्युटी क्वीन’मा नेपाली प्रतिनिधि भावना

युरोपको लात्भिया राज्यको रिगामा आयोजना हुने ‘मिस एलिट ब्युटी क्वीन २०१९’मा नेपालको प्रतिनिधित्व भावना मल्ल ठकुरीले गर्ने भएकी छन् । ४० देशका सुन्दरीको सहभागिता रहने प्रतियोगितामा उनी एक माता नेपाली सहभागी हुन् ।

नेपालका लागि अधिकार प्राप्त संस्था ड्रिम इन्टिच्युट अफ मोडलिङ एण्ड फेसनले (डिएमआईएफ)ले हालै राजधानीमा आयोजना गरेको डिसनबाट उनी छानिएकी हुन् । अडिसनमा २५ जनाको सहभागीता रहेको थियो ।

बुधबार राजधानीमा एक कार्यक्रममा बीच ड्रिम इन्टिच्युट अफ मोडलिङ एण्ड फेसनले (डिएमआईएफ) भावनालाई ‘मिस एलिट ब्युट क्वीन इन्टरनेशन नेपाल २०१९’को ताज पहिर्याउदै प्रतियोगिताको लागि आधिकारीकता प्रदान गरेको हो ।आगामी २८ जुलाईदेखि अगष्ट २ सम्म आयोजना हुने प्रतियोगितामा भावनाले नेपाली कलासंस्कृती सहित सहभागी हुन लागेकी हुन् ।

सुन्दरीहरुको पभित्र लुकेर रहेको प्रतिभा निखार्दै बाहिर ल्याउने उदेश्य रहेको यो प्रतियोगिताको बिजेताले ३ हजार युरो पर्ने ताजका साथमा बिभिन्न गिफ्ट समेत जित्न सक्नेछन् । भावना नेपाली मोडल तथा मेकअप आर्टिस हुन् । नेपालको नाम बिश्वमा चिनाउने आफ्ना लागि प्रतियोगिता एक अवसर भएको कार्यक्रममा भावनाले बताइन् । उनले ताज नेपाल ल्याउने कोसिस आफ्नो रहने सुनाइन् ।

२०१३ बाट नियमित आयोजना हुदै आएको यो प्रतियोगितामा अवदेखि हरेक बर्ष एक प्रतिनिधि आफुले पठाउने ड्रिम इन्टिच्युट अफ मोडलिङ एण्ड फेसन (डीआईएमएफ)की सिइयो मन्जु ढकालले बताइन् । (डीआईएमएफ)को सम्बन्धन ड्रिम्स वेयर फ्यासन बुटकसँग छ । यसले छिट्टै ‘रनअवे ड्रिम्स २०१९’ नामको सौन्दर्य प्रतियोगिता समेत आयोजना गर्दैछ । ड्रिम इन्टिच्युट अफ मोडलिङ एण्ड फेसनबाट नयाँ र व्यवसायिक मोडलले मोडलिङ र ¥याम्पवाक आधुनिक बिषयमा जानकारी लिन सक्नेछन् ।