‘मिस नेपाल नर्थ अमेरिका २०१९’ को उपाधि श्रीयालाई

नर्थ अमेरिकामा रहेका नेपाली युवतीको सहभागिता रहेको ब्युटी प्याजेन्ट ‘मिस नेपाल नर्थ अमेरिका २०१९’ सम्पन्न भएको छ । उक्त प्रतियोगितामा १५प्रतिष्पर्धीलाई पछि पार्दै न्युयोर्क निवासी श्रीया गजुरेलले उपाधि हात पारेकी छन् । त्यस्तै फस्ट रनरअप आस्था पाण्डे र सेकेन्ड रनरअप कृति केसी बन्न सफल भए ।

यहि अगस्ट १८ अर्थात भदौ १ गते भएको ग्राण्ड फिनालेमा नेपालबाट सहभागिताका लागि पुर्व मिस नेपाल शृंखला खतिवडा,सदिक्षा श्रेष्ठ, गायक एड्रिन प्रधान, सुमित सिग्देल लगायत कार्यक्रम स्थलमा पुगेका थिए ।


तस्विर: विक्रान्त श्रेष्ठ