नेपालको भोटका कारण मिस वर्ल्डको सर्भर डाउन

हेड टु हेड च्यालेन्ज र ब्युटी विथ अ प्रपोज जितेर पनि मिस नेपाल शृंखला खतिवडा मिस वल्डको टप १२ बाटै बाहिरिइन् । प्रतियोगितामा सहभागी भएर ताज नजिते पनि सम्पूर्ण नेपालीको मन जितेर चिनबाट हिजो मात्रै नेपाल फर्किएकी छन् । प्रतियोगिताको अनुभव शेयर गर्दै भोटको कारण उनी पछि नपरेको बताएकी छन् ।

उनले नेपालबाट आएको भोटका कारण एक पटक मिस वर्ल्डको भोटिंग एप मोवस्टार सर्भर नै डाउन भएको र एप रिपेयर गर्न परेको बताएकी छन् ।भोटको कारण भन्दा पनि अन्य कारणले आफु पछि परेको हुन सक्ने उनले बताएकी हुन् । कन्टिनेन्टको आधारमा प्रतियोगी छनौट गरेको कारण आफु टप ५ मा पर्न नसकेको हो कि भन्ने उनको अनुमान रहेको छ ।