‘मिस युनिभर्स २०१८’ बनिन् फिलिपिन्सकी सुन्दरी

मिस युनिभर्स २०१८ को ताज फिलिपिन्सकी क्याट्रिओना ग्रेले जितेकी छन् । थाइल्याण्डकको बैंककमा भएको फाइनल प्रतिस्पर्धामा फिलिपिन्सकी २४ वर्षीया क्याट्रिओनाले मिस युनिभर्सको ताज आफ्नो पोल्टोमा पारेकी हुन् । फस्ट रनरअप दक्षिण अफ्रिका र सेकेन्ड रनरअप भेनेजुयलाका सुन्दरीहरु भए ।

नेपालको प्रतिनिधित्व गरेकी मनिता देवकोटा भने टप १० सम्म मात्रै पुग्न सफल भइन् । यसअघि अन्तिम प्रतिस्पर्धामा देवकोटा यसअघि एसिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमा पर्न सफल भएकी थिइन् । त्यसपछि हरेक प्रतिस्पर्धीलाई आफ्नो बारेमा १५ सेकेण्डको मन्तब्य दिने अबसर दिइएको थियो । यही मन्तब्यका आधारमा टप १० प्रतिस्पर्धीको छनौट गरिएको थियो ।