‘सेतो छडी’ को साहारामा क्याटवाक

‘मिस्टर एण्ड मिस ब्लाइन्ड रकर – २०१९’ मा २१ जना दृष्टिविहिन प्रतिष्पर्धीले प्रज्ञा भवनको स्टेजमा ह्वाइट केन (सेतो छडी) को सहाराले क्याट वाक गरे । मिस ब्ल्याइण्ड रकरको ताज स्मारिका पोखरेलले पहिरिएकी छन् । त्यस्तै, सेकेण्ड रनरप सम्झना रिजाल भइन् । मिस्टर ब्ल्याइड रकर सौगात वाग्ले बने । फस्ट रनरप टिकाराम आले बनेका छन् ।

देशभरका ४१ जना कन्टेस्टेन्टले सहभागिता जनाए पनि ग्राण्ड फिनालेमा १४ जना युवती र सात जना युवक पुग्न सफल भए ।‘मिस्टर एण्ड मिस ब्ल्याइण्ड रकर – २०१९’ मा बेस्ट स्माइलको क्राउन प्रतिभा राईले, वेस्ट ट्यालेन्टको स्मारिका पोखरेलले बेस्ट ह्वाइट केन वाकको सञ्जिया श्रेष्ठले पहिरिए । त्यस्तै, अनिष ढकाल बेस्ट फ्रेस्डसीप बन्न सफल भए ।दृष्टिविहीनहरुमा उत्प्रेरणा र आत्मविश्वास जगाउनको लागि आफूहरुले यस्तो कार्यक्रमको आयोजना गरेको ब्लाइन्ड रक्सकी अध्यक्ष सृष्टि केसीले बताइन् ।‘प्रायः भाइबहिनीहरुले आफूलाई कमजोर ठान्छन् । कोही पहिलो पटक माइक समातेर बोलिरहेका छन्’, अध्यक्ष केसीले भनिन्, ‘तर, यस प्रतिस्पर्धाबाट हामीले दृष्ट्रि अपांगता भएकाहरु पनि सन्दर छौँ । खासमा सुन्दरता भनेको बौद्धिकता हो भन्ने देखाउन खोजेका हौँ ।’