बिनायक र सपना बने ‘मिस्टर एण्ड मिस नेपाल आइकन २०१९’

बाटिका इन्टरटेन्मेन्ट र जनता टेलिभिजनको संयुक्त आयोजन रहेको ‘मिस्टर एण्ड मिस नेपाल आइकन २०१९’को उपाधी बिनायक पाेखरेल र सपना भण्डारीले जितेका छन् ।

नेपाल मै पहिलोपटक रियालिटी शोको फर्म्याटमा आयोजना गरिएको यस प्रतियोगितामा माैसम भट्टराई र अलिशा शंकर द्वतिय भए भने मुकेश कडेल र साधना खड्काले तृतिय स्थान ओगट्न सफल भएका छन् । बिजेताद्धयले ५०–५० हजार नगदसहित ४० इन्चको स्मार्ट टेलिभिजन, पेन्टागन कलेजमा बिएसडब्लुमा पूर्ण छात्रवृतिसहित विभिन्न उपहार प्राप्त गरेका छन् । यसै वर्ष मलेसियामा हुने अन्तराष्ट्रिय स्तरको प्याजेन्ट ‘मिस्टर एण्ड मिस टुरिजम एम्व्यासडर यूनिभर्स’मा बिजेताद्धयले सहभागी हुने अवसर प्राप्त गर्ने बाटिका इन्टरटेन्मेन्टकी अध्यक्ष गोमा अधिकारी धितालले जानकारी दिइन् ।

मिस नेपाल २००० उषा खड्गीको करियोग्राफी रहेको उक्त प्रतियोगिताको फाइनलमा मिस नेपाल २०१७ निकिता चण्डक, मिष्टर नेपाल २०१६ गणेश अग्रवाल, इन्टरनेसनल इभेन्ट अर्गनाइजर तथा कलाकार अभिसेक कपुर, कलाकार सनि रौनियार, मिष्टर एसएलसी २०१७ मनिस अधिकारी, समाजसेवी रेनु श्रेष्ठ लगायत निर्णयकका रुपमा रहेका थिए ।

प्रतियोगितामा विभिन्न १७ क्याटगोरीमा सबटाइटल अवार्ड बितरण गरिएको थियो । जसमा मिष्टर एण्ड मिस बेष्ट स्कीन बिबेक शाह, लेखिना राई, मिष्टर एण्ड मिस बेष्ट हेयर गौरब बिडारी, सोफि राई, मिष्टर एण्ड मिस ट्यालेन्ट मुकेश कडेँल, अलिशा शंकर, मिष्टर एण्ड मिस इन्टेलिजेन्ट तथा पब्लिक स्पिकीङ मुकेश कडेँल, निरुता अधिकारी, मिष्टर एण्ड मिस डिसिप्लिन नारायण रिजाल, सुजाता अमगाई, मिष्टर एण्ड मिस बेष्ट स्माइल मुकेश कंडेँल, लक्ष्मि ढुंगाना, मिष्टर एण्ड मिस चार्मिङ मौसम भटराई, सपना भण्डारी, मिष्टर एण्ड मिस पर्सनालिटी बिनायक पोखरेल, एलिशा शंकर, मिष्टर एण्ड मिस पँङचुवल उपेन्द्र अधिकारी, सुजाता अमगाई, मिष्टर फिजिक्स उपेन्द्र अधिकारी, मिस फिगर सपना भन्डारी, मिष्टर एण्ड मिस स्टाइलीस राजाराम शाह, सपना भण्डारी, मिष्टर एण्ड मिस बेष्ट ड्रेस मुकेश कँडेल, सिमरन देबकोटा, मिष्टर एण्ड मिस फेसनेवल आशिष कार्कि, कामना पौडेल, मिष्टर एण्ड मिस सोसल मिडिया मौसम भटराई, साधना खड्का, मिष्टर एण्ड मिस फोटोजेनिक बिनायक पोखरेल र सपना भण्डारीले प्राप्त गरेका छन् ।

मनोज ढुँगाना, स्याम धिताल, राकेश खत्रिको म्यनेजमेन्टमा सम्पन्न प्रतियोगिताको फिनाले होटल मल्लमा आयोजना भएको थियो । कार्यक्रममा हिडन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपती, जनता टेलिभिजनका प्रमुख कार्यकारी निर्देशक डा. रमेश पौडेल, वरिष्ठ पत्रकार पोषण केसी सहितका अथितिहरुको सहभागिता रहेको थियो ।