‘मिस्टर एण्ड मिस स्टार चितवन’ पहिलो अडिशन सम्पन्न

‘मिस्टर एण्ड मिस स्टार चितवन २०१९’ को प्रथम अडिशन आज चितवन भरतपुरको पानारोमा गार्डेनमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा ४१ जना प्रतिशप्रधी सहभागी रहेको कार्यक्रम अर्गनाइजर प्रमुख सरीता आचार्यले जानकारी दिईन् । कार्यक्रममा प्रमुख जर्जको रुपमा मीना झा थिइन् भने अन्य दुइ जर्जमा रबि अधिकारी र मौसुमी दत्त रहेका थिए । मिना झा ईभेन्ट अर्गनाईजर तथा इभेन्ट प्लानर हुन, रबि अधिकारी पत्रकार एवं फिल्म निर्माता हुन् भने मौसुमी दत्त ट्रेनर एवं शिक्षिका हुन् ।

मिस्टर एण्ड मिस स्टार चितवन २०१९ मा बिशेष गरी १६ देखी ३० वर्ष उमेरका युवा युवतीहरुले सहभागी जनाएका थिए । सहभागी प्रतिशप्रधीहरुले आफ्ना अन्य कला तथा ट्यालेन्ड प्रस्तुत गरेका थिए । यस कार्यक्रमको दि क्यानन्  स्टुडियो चितवन र आइ टि सि इन्टरनेशनल ब्युटी पार्लरले स्पोन्सर गरेको थियो भने फोटो तथा भिडियो ग्राफी विकाश सापकोटा (अविरल) गरेका थिए ।