मिस्टर एन्ड मिस सुदूरपश्चिमाञ्चल सम्पन्न

अप इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा धनगढीमा सम्पन्न मिस्टर एन्ड मिस सुदूरपश्चिमाञ्चलको उपाधि रोशन खत्री आस्था पाण्डेयले जितेका छन् ।

प्रतियोगितामा महिलातर्फ आरती ओझा फस्ट रनरअप र अनामिका न्यौपाने सेकेन्ड रनरअप भए भने पुरुषतर्फ साहिल खड्का फष्ट रनरअप र हेम सागर मल्ल सेकेन्ड रनरअप भए । प्रतियोगितामा अभिनेता आर्यन सिग्देल, पूर्व प्रधानसेनापति रुक्माङगद कटुवाल, अलिजा महर्जन, अश्विनी झा, निशु झा र पुष्कर ओझा निर्णायक रहेका थिए । हरेक वर्ष आयोजना हुने विभिन्न सौन्दर्य प्रतियोगितामध्ये मिस्टर एन्ड मिस सुदूरपश्चिमाञ्चलको यो पाँचौँ संस्करण हो ।