ओजस्वी र पुस्करले जिते टुरिजम एण्ड कल्चर यूनिभर्स नेपालको उपाधी

प्लानेट मल्टिमिडिया इन्टरनेशनलको आयोजनामा प्रदेश नम्बर ३ स्तरिय ‘मिस एण्ड मिस टुरिजम एण्ड कल्चर यूनिभर्स नेपाल–२०१९’ सम्पन्न भएको छ । उक्त प्रतियोगितामा ओजस्वी श्रेष्ठ र पुस्कर अधिकारी मिस्टर एण्ड मिस टुरिजम एण्ड कल्चर यूनिभर्स नेपाल–२०१९ बन्न सफल भए ।

राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा अंकिता थापा र कोमल कुवँर फस्ट रनर्स अप, रोजिता श्रेष्ठ र पृथ्वी मल्ल सेकेण्ड रनर्स अप हुन सफल भए भने सोनम शेर्पाले पब्लिक च्वाइस अवार्ड जितेका छन् । उक्त प्रतियोगितामा १८ जना प्रतियोगिले सहभागिता जनाएका थिए । प्रतियोगिताका मुख्य विजेताले यही वर्षको अप्रिल महिनामा सम्पन्न हुने राष्ट्रियस्तरको प्रतियोगितामा प्रतिनिधित्व गर्न पाउने आयोजक संस्थाले बताएको छ ।

प्रतियोगिताको निर्णायकमा नेपाल पर्यटन बोर्डका सुमन शर्मा, फेसन डिजाइनर समीर सिंह क्ष्ँेत्री, मिस इन्टरकन्टिनेन्टल नेपाल २०१७ का विजेता वर्षा शर्मा तथा प्याराडक्स सिटीका सिईओ सगोल घले गुरुङ थिए ।