मिस्टर दाह्रीका ३०प्रतियोगी फाइनल चरणमा

मिस्टर दाह्रीको अन्तिम प्रतिस्पर्धाका लागि ३० जना प्रतियोगी छनोट प्रक्रिया सम्पन्न भएको छ । नेपालमा पहिलो पटक हुन लागेको यस प्रतियोगिताका लागि देशका बिभिन्न शहरमा भएको अडिसनबाट अन्तिम ३० प्रतियोगी छानिएको हो ।

मिस्टर दाह्रीको पहिलो अडिसन एक नम्बर प्रदेशको राजधानी १८ साउनमा विराटनगरबाट सुरु भएको थियो । त्यसपछि ईटहरी , बिर्तामोड , चितवन , पोखरा र काठमाण्डौमा अडिसन सम्पन्न भएको हो । आयोजक थनडर प्रोडक्सनका प्रबन्ध निर्देशक बिजय कार्कीका अनुसार सम्पन्न अडिसन मध्ये विराटनगर र विर्तामोडबाट ३, ३ जना , इटहरीबाट ४ पोखराबाट ८ , काठमाडौबाट १० र चितवनबाट २ जना युवाहरु अन्तिम प्रतिस्पर्धाको लागि छानिएका हुन् ।

अन्तिम प्रतिस्पर्धी युवाहरुलाई प्रतियोगिताको फाइनललागि एक महिना आन्तरिक प्रशिक्षण संचालन गरिने निर्देशक कार्कीले बताए । मिस्टर दाह्रीकका सद्भावना दुत अभिषेकराज सिंह थापाका अनुसार प्रतियोगितामा सहभागी हुनेहरुले क्लिन सेभ गर्न पाउने छैनन् तर दह्री लामो भएमा छाँटकाट गर्न चाँही पाउनेछन । । प्रतियोगिताको अन्तिम अडिसन ५ असोजमा रास्ट्रिय नाचघर काठमाण्डौमा हुनेछ ।