Joy Ads

पोखरामा भोली ‘मिस्टर दारी’ को अडिसन

- मेराेफिल्म

नयाँ कन्सेप्टका साथ पहिलो पटक मिस्टर दारी प्रतियोगिताका लागि मुलुकका विभिन्न शहरमा अडिसन भइरहेको छ । दारी भएका पुरुषहरुबीचको यो प्रतियोगिता थण्डर प्रोडक्शनले गरेको हो । विराटनगरबाट सुरु भएको अडिसन, इटहरी हुँदै विर्तामोड, चितवन, बुटवलमा सम्पन्न भइसकेको छ । अब कोहलपुर, पोखरा र काठमाण्डौमा बाँकी छ । पोखरामा साउन २८ गते क्लाउड नाइनमा हुने निश्चित भएको छ ।

साउनको ३२ गते अन्तिम अडिसन काठमाण्डौमा हुनेछ । शोको ग्राण्ड फिनाले भने असोजको ५ गते राष्ट्रिय नाचघर काठमाडौंमा हुनेछ । पूर्वबाट नौ जना छानिएका छन् । विराटनगरबाट अमनजंग कार्की, हिमाल राज पराजुली, सृजल घिमिरे, इटहरीबाट उमेश परियार, फैयाज अन्सारी, देवराज ओझा र विर्तामोडबाट सञ्जय लुहागिन, इन्द्रजित आचार्य र सरोज नेपाल अर्को राउण्डको लागि छानिएका छन् । यसैगरी ,चितवन अडिसनबाट सुरज अधिकारी र सुवास सागर छानिएका छन् । अफिसियल कोरियोग्राफरको रुपमा सनिश शाक्य रहेका छन भने जजको रुपमा फेसन कोरियोग्राफर प्रमोद बंशल रहेका छन् । यो शोको ब्राण्ड एम्बासडर दाह्री ग्याङका एडमिन समेत रहेका अभिषेक राज सिंह थापा रहेका छन् ।

२०७६ साउन २७ गते १२:५७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sunkeshari Satrugate