‘मिस्टर ह्यान्डसम नेपाल’ मिलन रेग्मी

सौन्दर्य प्रतियोगिता ‘मिस्टर ह्यान्डसम नेपाल’ को पहिलो शृङ्खलामा मिलन रेग्मी बिजेता भएका छन् । स्ट्याण्ड अप कमेडीमा रुचि राख्ने मिलन पेशाले शिक्षक हुन् । उनले उपाधि सहित बेस्ट ट्यालेन्टको टाईटल प्राप्त गरे।

त्यस्तै फस्ट रनरअप अमोद भट्ट बने । गितारबादनमा अब्बल उनले उपाधि सँगै मस्ट इन्टेलिजेन्ट तथा मस्ट पपुलरको उपाधि समेत प्राप्त गर्न सफल भए । सेकेण्ड रनरअपमा बैभव उपाध्याय घोषित भए । मोडलिङ्गमा रुचि राख्ने उनले बेस्ट फोटोजेनिक टाइटल प्राप्त गरे । तेर्हथुमका केवल सुब्बा पब्लिक चोईस तथा मस्ट स्मार्टका साथसाथै थर्ड रनरअप घोषित भए । बिजेताले टाईटल बाहेक विभिन्न गिफ्ट ह्याम्परहरु प्राप्त गरे ।

अमाजोन ईन्टरटेन्मेन्टले आयोजना गरेको यस सौन्दर्य प्रतियोगिताका अन्य सबटाईटलमा बेस्ट पर्सनालिटी आश्विन राई, मस्ट एक्टिभ मनिष घिमिरे, मस्ट पंचुअल आदित्य पासवान, बेस्ट डिसिप्लेन सनिस अर्याल, मिस्टर फ्रेन्डली प्रेम तामाङ र मस्ट डिलिजिण्ट सुजन राईले प्राप्त गरे।

प्रतिस्प्रधामा १२ प्रतियोगीहरु रहेका थिए । मोडल,आरजे,भिजे तथा कोरियोग्राफर कला सुब्बाले प्रशिक्षण दिएको यस प्रतियोगिता जमल स्थित रास्ट्रिय नाचघरमा सम्पन्न भएको थियो । कास्टमण्डप टेलिभिजनको प्रत्यक्ष प्रशारणमा आर्टिस्टनेपाल स्टुडियोले फोटोग्राफीमा साथ दिएको थियो।

कार्यक्रमको निर्णायकमा नायिका मेलिना मानन्धर , गायक संगीतकार टिका भण्डारी , मोडल सुभ आचार्य र मिस ब्युटी क्विन नेपाल बिजेता ज्योति प्रसाईं थिए।

यस प्रतियोगिताको उदेश्य देशैभरि छरिएर रहेको युबापुस्ताका प्रतिभालाई समेटी, ग्रुमिङ गराई युबा नेतृत्वदायी भूमिका निर्वाह गर्न साथै लुकेर रहेका प्रतिभा र क्षमतालाई उजागर गराउनु रहेको आयोजक सस्थाका अध्यक्ष कमल खतिवडाले बताए । कार्यक्रममा उपस्थित गेस्ट, प्रायोजक तथा निर्णायकलाई कोरियोग्राफर हिमानी सुब्बाले मायाँको चिनो प्रदान गरेकी थिईन् ।